नेशनल लाइफ इन्स्योरेन्सद्धारा सामाजिक उत्तरदायित्व २० लाख रुपैयाँ आर्थिक सहयोग
Sunday Sep 11, 2022
वि.सं.२०७९ भदौ २६ आइतवार २०:४१
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनकोशी गाउँपालिका बस्ने बासिन्दाहरुका लागि स्वास्थ्य सेवा प्राप्त गर्न सकोस भन्ने हेतुले परियोजना कार्यान्वयनका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
भदौ १८ गते, सुनकोशी गाउँपालिका र एक एक पाईला फाउण्डेसन बिचको सहकार्यमा संचालित एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रम एक समारोहकाबीच सम्पन्न भएको थियो ।
सुनकोशी गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष कुमार शाहीको मुख्य आतिथ्य तथा एक एक पाइला फाउण्डेसनका अध्यक्ष डा। सुमन शम्सेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो । सो अवसरमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा उक्त भेगमा बसोवास गर्ने जनताले सर्वसुलभ स्वाश्थ्य सेवा प्राप्त गर्न सकोस भन्ने उदेश्यस्वरुप सो परियोजना कार्यान्वयनका लागि आर्थिक सहयोग उपलब्ध गराएको हो ।
उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्वसाधारणहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । सो समारोहमा अस्पताल व्यवस्थापनबाट आर्थिक सहयोग प्रदान गरेवापत कम्पनीका उप कार्यकारी प्रमुख प्रताप मान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।























