जनकपुरधाम सरसफाई दुई सय १० करोड रुपैयाँको सम्झौता
Wednesday Nov 28, 2018
वि.सं.२०७५ मंसिर १२ बुधवार ०८:०६

निरंजन साह जनकपुरधाम । प्रदेश नम्बर दुई को जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालय बिच मंगलवार दुई सय १० करोड रुपैयाँ बरावरको जनकपुरधाम सरसफाई तथा पोखरी सौन्दर्यकरन योजनाको सम्झौता भएको छ ।
मंगलवार दिउँसो जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालयका पदाधिकारीहरु विच ३३ वटा पोखरी र वाह्र विघा मैदानको अन्तर्राष्ट्रिय स्तरको मैदानको रुपमा विकास गर्नकालागि सम्झौता भएको हो ।
सम्झौतामा जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा २५ का वडाध्यक्ष उमेश यादव र खानेपानी मन्त्रालयका सीडिइ रामकुमार श्रेष्ठ, महानिर्देशक सुनिलकुमार दास र आयोजना तर्फवाट इन्जिनियर सुधिर कुमार साहले हस्ताक्षर गरेका छन् ।
आयोजना प्रमुख विद्यानाथ भट्टराई र जनकपुधाम उपमहानगरपालिका को मेयर लाल किशोर साहले प्रमाणिकरण गरेका छन ।
महानिर्देशक सुनिलकुमार दासको अध्यक्षतामा बसेको वैठकवाट सो सम्झौता गरिएका छन । वैठकमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर, उप–महानगरपालिकाका मेयर लाल किशोर साह, खानेपानी तथा ठल व्यवस्थापन विभाग का मिना श्रेष्ठ लगायतको उपस्थिति रहेको थिए ।























