जानकी मन्दिरबाट विकास सुरु गरिएकाले समृद्धिको गतिलाई कुनै शक्तिले रोक्न सक्दैन : मुख्यमन्त्री राउत
Thursday Nov 29, 2018
वि.सं.२०७५ मंसिर १३ बिहीवार ११:४९

निरंजन साह, जनकपुरधाम । प्रदेश नम्बर नम्बर दुई का मुख्यमन्त्री मोहम्मद लालबाब राउतले प्रदेशको विकास सुरु भएको उद्घोष गरेको छ ।
जनकपुरमा जानकी मन्दिरको सौन्दर्यीकरण सुरु गर्दै मुख्यमन्त्री राउतले प्रदेश नम्बर दुई को विकास हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिरबाट प्रारम्भ गरिएको बताएका छ्न ।
मुख्यमन्त्री राउतले ५१ जना पन्डित र २१ जना कुमारी कन्याले वैदिक मन्त्रोच्चारण गरी सौन्दर्यीकरण कार्यको शिलान्यास गरेहो हो ।शिलान्यासका लागि गंगासागर पोखरीबाट माटो ल्याइएको थियो भने पण्डितहरुले स्वस्ति वाचन गरेका थियो ।
शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश नम्बर दुई ले विकास निर्माणको थालनी जानकी मन्दिर सौन्दर्यीकरण शिलान्यासबाट गरेको बताएको हो । जानकी मन्दिर सौन्दर्यीकरण गर्ने कार्य सुरु भएको भन्दै मुख्यमन्त्री राउतले आगामी दिनमा यस कार्यका लागि सरकारले थप बजेट उपलब्ध गराउने तर्क राखे ।
विश्वभरका हिन्दुहरुको आस्थाका केन्द्रको रुपमा रहेको जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गराउन प्रदेश सरकार थोरैपनि पछि नहट्ने उनले विश्वास दिलाए। विकास निर्माण कार्य सुरु भइसकेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश नम्बर दुई लाई विकसित हुनबाट अब कसैले रोक्न नसक्ने दाबी गरेका छन ।
शिलान्यस कार्यक्रममा प्रदेश नम्बर दुई का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, जानकी मन्दिरका छोटे महन्त रामरोशन दास, नागरिक समाजका अगुवालगायतका व्यक्तिहरुको उपस्थिति रहेका थिए ।
जानकी मन्दिरबाट विकास सुरु गरिएकोले समृद्धिको गतिलाई कुनै शक्तिले रोक्न नसक्ने मुख्यमन्त्री राउतले बताएका छन । सौन्दर्यीकरणका लागि प्रदेश सरकारले सबा ८ करोड रुपैयाँ विनियोजन गरेका छन ।





















