CG Electronics
IME Life
Ncell NPL

बौद्ध भिक्षु आचार्य पेरिकले ल्याए अहिंसा र प्रकृति प्रेमको गीत

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । काठमाण्डौं–झण्डै साढे दुई दशक यता बौद्ध दर्शनको अध्ययनमा लागेका आचार्य पेरिक रिन्पोछेले प्राणी र प्रकृति प्रेम र अहिंसा सम्बन्धी गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक गरेका छन्। काठमाडौंको बौद्धस्थित उत्पला क्याफेमा आयोजित एक कार्यक्रममा ‘प्रकृति’ नामको सो गीत सार्वजनिक गरिएको हो। यस गीतको शब्द, संगित र स्वर आचार्य पेरिक स्वयमको हो। जी पुनले उक्त गीतको अरेन्ज गरेका हुन् भने म्युजिक भिडियोमा बाल कलाकार आरोही कार्की, अनिमेश केसी र रिता बराइलीले अभिनय गरेका छन्।

गीतमा पशुप्राणी र प्रकृतिलाई हामीले आफन्तझैँ माया गर्नुपर्ने उल्लेख छ। म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै खेन् रिम्पोछे ग्याल्छेनले ‘बोधिपथमा सत्य सन्देश दिनका लागि बौद्ध भिक्षुले गीत गाउनुमा कुनै खराबी नभएको बरु सद्कर्म भएको’ बताए। कार्यक्रममा बोल्दै संगितकार न्ह्यु बज्राचार्यले, आचार्य पेरिकले पनि अन्य केही बौद्ध भिक्षुहरूले जस्तै गीत गाएर प्राणी कल्याणका लागि राम्रो काम गरेको बताए। ‘बौद्ध भिक्षुहरूले गीत गाउनुहुन्न पनि भन्ने सुनिन्छ तर उहाँले जगत् कल्याणका लागि गीत गाएर राम्रो काम गर्नुभएको छ।’

सो कार्यक्रममा बोल्दै गायिका चिरिमाया महर्जनले मान्छेमाथि अन्याय हुँदा बोल्नेहरु भएपनि पशुका लागि बोल्नेहरु एकदमै कम भएको र आचार्य पेरिकले पशुप्राणीका लागि समेत बोलिदिएर समग्र प्रकृतिलाई नै ठूलो गुन लगाएको बताइन्।

त्यस्तै संगीतकार प्रविन बराइली, अहिंसा अभियन्ता कृष्ण गुरुङ र प्रकाश मिश्रले गीतका बारेमा आ-आफ्नो मन्तव्य राख्दै आचार्य पेरिकको गीतले मान्छेलाई थप संवेदनशील र अहिंसाप्रिय बनाउन मद्धत गर्ने बताएका थिए। कार्यक्रममा आफ्नै गीतका बारेमा बोल्दै आचार्य पेरिकले दुई वर्षअघि नै गीत बनिसकेको भएपनि कोरोनाका कारण सबै काम नसिएका कारण म्युजिक भिडियो सिर्जनामा ढिलाई भएको बताएका थिए।

आचार्य पेरिकले यस अघि पनि ‘हामी खाना होइन’ भन्ने अहिंसा गीत तथा हामी थुप्रै बौद्ध भजनहरू गाइसकेका छन्। आचार्य पेरिकले आफूले गीत पैसा कमाउनका लागि नभई अहिंसा प्रर्वधनका लागि गाएको बताए। उनले आफ्नो गीत जोसुकैले निशुल्क उपयोग गर्न पाउने पनि बताए।

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...