NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

सुरक्षित हवाई सेवाको प्रत्याभूतिका लागि चुस्त नियमन तथा प्रभावकारी अनुगमन आवश्यक

NIMB
leapmotornepal (citroen)

 

काठमाडैं । नेपालको हवाई क्षेत्रमा नियमित सेवा प्रवाह गर्दै आएको यती एयरलाइन्सको एटीआर जहाजको माघ १ गते पोखरामा भएको दुर्घटनाले नेपाल उद्योग परिसंघ परिवार स्तब्ध बनाएकाे जनाएकाे छ।

परिसंघले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाबाट ज्यान गुमाएका सम्पूर्ण स्वदेशी तथा विदेशी यात्रहुरुका साथै चालकदलका सदस्यहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरकाे हाे। साथै, मृतकका परिवारजनलाई यस अपूर्व चोटको घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनि परिसंघले प्रार्थना गरेकाे छ।

हवाई दुर्घटनाबाट पुगेको जनधनको क्षती अपुरणीय रहेकाे भन्दै यससँगै यसले कोभिडकालपछि बल्लतल्ल पुनरागमन हुन थालेको नेपाली पर्यटन तथा उड्डयन क्षेत्रमा पनि असर पुर्याउन सक्नेतर्फ परिसंघको पर्यटन समितिले चिन्ता प्रकट गरेकाे छ।

विगतमा पनि नेपालमा भएका आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई दुर्घटनापछि त्यसको नकारात्मक असर हाम्रो पर्यटन उद्योगमा देखिएको हुँदा यस्ता दुर्घटनाले देशको दिगो समृद्धिका लागि बलियो आधारका रुपमा स्थापित हुँदै गरेको पर्यटन क्षेत्रलाई सुस्त बनाउने जोखिम पनि उत्तिकै रहने परिसंघकाे भनाइ छ।

तत्कालका लागि दुर्घटनाको अध्ययन गर्न गठित छानबिन तथा जाँच आयोगले वस्तुनिष्ठ, वैज्ञानिक, पारदर्शी र निष्पक्ष अध्ययन गरेर सोको प्रतिवेदन शीघ्र तयार पारी तथ्य सार्वजनिक गर्दै सरकारले नेपालको हवाई सुरक्षातर्फ आफू सजग र गम्भीर रहेको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा प्रवाह गर्नुपर्ने परिसंघले जनाएकाे छ। थप विश्वसनीयताका लागि दुर्घटनाको छानबिनमा अन्तर्राष्ट्रिय विज्ञहरुको संलग्नता हुँदा राम्रो हुने परिसंघकाे सुझाव छ।

संकटका बेला समन्वय र संचार महत्त्वपूर्ण रहने भएकाले राज्यको निकायबाट निजी क्षेत्रको लगानी संरक्षण हुने र गन्तव्यको छवी जोगिने गरी आवश्यक कदम चाल्नुपर्ने परिसंघको धारणा छ। चुस्त नियमन तथा प्रभावकारी अनुगमनलगायतका आवश्यक उपायको अबलम्बनसहित सुरक्षित हवाई सेवाको प्रत्याभूतिका लागि आवश्यक ठोस कार्य गर्न पनि परिसंघकाे पर्यटन समितिले सरकारलाई आग्रह गरेकाे छ।

‘पर्यटन नेपालीको अर्थतन्त्रकै एक मौलिक प्रतिस्पर्धात्मक क्षमता र उच्च सम्भावना भएको क्षेत्र हो। एक ठाँउबाट अर्को ठाँउमा यात्रा गर्दा गरिने गतिविधिबाट चलायमान हुने अर्थतन्त्र पर्यटन हाे,’ विज्ञप्तिमा भनिएकाे छ ‘करिब ८० प्रतिशत पर्यटक हवाई मार्गबाट यात्रा गर्ने र देशभित्रका सुन्दर तथा दुर्गम गन्तव्यहरुसम्मको यात्रा पनि अधिकांशरुपमा हवाई माध्यमबाटै हुने गरेको सन्दर्भमा सुरक्षित, भरपर्दो र विश्वसनीय हवाई सेवाको सुनिश्चितता आजको प्रमुख आवश्यक्ता हो। त्यसैले यसमा दृढताकासाथ सुधार ल्याउन अत्यन्त जरुरी छ।

पछिल्ला केही दिनयता हवाई दुर्घटनासँग जोडेर सामाजिक सञ्जालहरुमा भ्रम सिर्जना गर्ने अपुष्ट सामग्रीसमेत भाइरल भैरहेको र त्यसलाई विदेशी सञ्चारमाध्यमले आधार बनाइरहेकाे बताउँदै परिसंघले देशको साखमा नै आँच पुर्याउने जोखिम देखिएकाले सामाजिक सञ्जालमा त्यस्ता सामग्रीको प्रचारप्रसारमा निगरानी तथा नियन्त्रणका लागि पनि सरकारको सम्बन्धित निकायको ध्यानाकर्षण गराएकाे छ। नागरिकस्तरबाट पनि सकंटको समयमा थप जिम्मेवार हुनपर्ने दायित्वबोध गर्दै सामाजिक सञ्जाल प्रयोग गर्दा त्यस्ता सामग्रीहरुको तथ्य र वास्तविकता सुनिश्चित गरेर मात्र विश्वास गर्न परिसंघले अनुरोध गरेकाे छ।

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...