CG Electronics
IME Life
NIMB

अब क-कसलाई हुन्छ चैन ? अर्थमन्त्रीले फेरिदिने भए वैदेशिक रोजगार ऐन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडाैँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगार ऐन, २०६४ परिमार्जन गरी समय सान्दर्भिक बनाउने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको शुक्रबार हुने निर्वाचनमा राजेन्द्र भण्डारी अध्यक्ष उम्मेदवार रहेको समूहको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सम्बन्धित निकायको सल्लाह र सुझावका आधारमा जतिसक्दो चाँडो व्यावसायिक कल्याणकारी कोषसम्बन्धी निर्देशिका ल्याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “ऐन त्यति बेलाको आवश्यकता र चेतनाअनुसार बन्यो, अब अहिले यो क्षेत्रमा नयाँ समस्या देखापरेका छन्, ती नयाँ समस्या समाधान गर्नका निम्ति नयाँ नीति निर्माण गर्नुपर्छ, त्यसकारण रोजगार ऐनलाई पनि परिमार्जन गर्दै जानुपर्छ ।”

 

उहाँले वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै वैदेशिक रोजगार व्यवसायी र वैदेशिक रोजगार व्यवसायीमा जाने श्रमिकको आपसी सम्बन्धलाई पनि सन्तुलित र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।

“अहिले एउटा देशको नागरिक अर्को देश नगइकन आजको दुनियाँ चल्दैन, यो अन्तरनिरर्भरताको दुनियाँ हो, तर अब नेपाली विदेशमा जाने होइन, विदेशी रोजगारीका निम्ति नेपालमा आउने परिस्थिति बनोस् भन्ने हामी सबैको चाहना छ, तर आज हामी जहाँ छौँ त्यही ठाउँबाट अगाडि बढ्ने हो, आजकै दिनमा वैदेशिक रोजगार व्यवसायलाई रोक्छु भनेर हुँदैन”, उहाँले भन्नुभयो ।

सोही अवसरमा बागमती प्रदेशका विना विभागीयमन्त्री उद्धव थापाले वैदेशिक रोजगारीमा देखिएका समस्यालाई ऐनमा परिमार्जन गरेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो । भण्डारी नेतृत्वको प्रगतिशील–व्यावसायिक समूहले वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनेलगायत ४६ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । वैदेशिक रोजगार व्यवसायीको व्यावसायिक एकता र पेशागत हकहितको संरक्षणका लागि स्थापित छाता सङ्गठनका रूपमा आजभन्दा ३० वर्षअघि सङ्घको स्थापना भएको हो ।

सङ्घले वैदेशिक रोजगार ऐन, २०६४ को थप परिमार्जन गरी व्यावसायिक तथा श्रमिकमैत्री बनाउनुपर्ने र अन्तर्राष्ट्रिय प्रचलनअनुसार कामदारले पाउने एक महिनाको तलब बराबरको रकम व्यवसायीले सेवा शुल्कवापत लिन पाउने व्यवस्था हुनुपर्नेलगायत विभिन्न माग गर्दै आएको छ ।

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...