CG Electronics
IME Life
NIMB

ग्लोबल आइएमई बैंकको २ अर्ब ७८ करोड माथि खुद नाफा आर्जन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंक अफ काठमाण्डूलाई गाभेपछि सबैभन्दा बढी चुक्तापुँजी रहेको यस बैंकले गत आवको तुलनामा नाफामा सुधार गर्न सफल भएको हो ।

बैंकले आर्जन गरेको यो नाफा गत वर्षको यसैअवधिको तुलनामा यसले ४.४७% ले बढी हो । गत आवको यसै अवधिसम्म बैंकले २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ३६.४५% ले बढेर ६ अर्ब ५४ करोड रुपैयाँ माथि पुगेको छ भने सञ्चालन नाफा ३.२०% ले बढेर ३ अर्ब ७९ करोड ४५ लाख रुपैयाँ पुगेको छ । ब्याज आम्दानी र संचालन नाफा बढेकाले बैंकको खुद नाफामा सुधार देखिएको हो ।

यता, पुस मसान्तसम्म ग्लोबल आइएमईको वितरणयोग्य नाफा १ अर्ब ११ करोड ९१ लाख रुपैयाँ रहेको छ । यसको खराब कर्जा र कस्ट अफ फन्ड पनि बढेको छ ।

बैंक अफ काठमाण्डूसँग मर्जरपछि चुक्ता पुँजी ३५ अर्ब नाघेको छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३२ पैसाले घटेर १८ रुपैयाँ ७ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ३४ पैसा छ ।

 

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सेवा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

भुजुङ्ग हाईड्रोपावरको चौथो वार्षिक साधारणसभा सम्पन्न, नयाँ...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:२३

  काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारणसभा काठमाडौं...

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:११

काठमाडौँ, जेठ २९, २०८३ । नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न...