CG Electronics
IME Life
NIMB

“इण्टिलेक्चुअल ग्रोथ” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्सको ब्रान्च मेनेजर कन्फ्रेन्स सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । “इण्टिलेक्चुअल ग्रोथ” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि। ले ३ दिने “ब्रान्च मेनेजर कन्फ्रेन्स नगरकोट स्थित होटल मिस्टिक माउण्टेनमा सम्पन्न गरेको छ ।

 

कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसाय संग सम्वन्धित वर्तमान पाटो बारे विवेचनागरी चालु आ।व।को बाँकी अवधिको व्यवसायिक खाका कोर्ने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

 

विभागिय प्रमुख तथा देशैभरीबाट शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको उक्त सम्मेलनको समुद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासील गरी बीमा बजारमा अग्र स्थानमा पु¥याउन हामी सबैले आ– आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नु पर्ने सुझाव दिनुभएको थियो ।

 

यसैगरी, नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणका निर्देशक श्री सुशील देव सुवेदीज्यूले बीमा ऐन २०७९ ले व्यवस्था गरेका बिषयहरुमा प्रस्तुती दिनु हुँदै नयाँ बीमा ऐन २०७९ जारी भएपछि प्राधिकरणले बीमा संग सम्वन्धित हरेक विषयलाई कानुनी रुपमा नै नियमन गर्न सक्ने फराकिलो दायरा तय भएको बारेमा विस्तृत जानकारी गराउनु भएको थियो ।

 

उपस्थित शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरुलाई कम्पनीका सहायक महाप्रवन्धक प्रज्वल सायमीज्यूले केन्द्रिय कार्यालयबाट सम्पन्न गरिने विभागिय काम कार्यवाहीमा शाखा कार्यालयको भूमिकाका बारेमा प्रस्तती दिनुभएको थियो ।

 

यसैगरी सम्मेलनमा सहभागि कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले व्यवसायिक दक्षता अभिवृद्धि गराउने उदेश्यले व्यक्तित्व विकास सम्वन्धमा र प्रोडक्ट मिक्सिङका प्राविधिक पक्षहरुको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

 

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...