आगजनी हुदाँ दुई वटा पसलको करौंडौंको धनमाल जलेर नष्ट
Tuesday Mar 14, 2023
वि.सं.२०७९ फागुन ३० मंगलवार १२:२६
काठमाडौं । नुवाकोटको ढुंगेवजारमा सोमबार राती आगजनी हुदाँ दुई वटा पसलको करौंडौं रुपैया बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय सुरेश श्रेष्ठको किराना पसल र रामेश्वर अधिकारीको प्लाष्ट्रिक सामग्री पसलमा आगजनी भएको हो ।
आगजनीबाट अधिकारीको १ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ भने संगै जोडिएको सुरेश श्रेष्ठको किराना पसल नष्ट हुँदा ५० लाख रुपैँयाँ बराबरको धनमाल नष्ट भएको छ ।
आगजनीको कारण खुल्न सकेको छैन भने यस सम्बन्धमा विशेष अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।






















