CG Electronics
IME Life
NIMB

चिकित्सा शिक्षा आयोगको लापरवाही :  विद्यार्थीहरुलाई धम्काईयो

NIMB
Himalayan Bank

 

काठमाडौं । चिकित्सा शिक्षाका लागि साझा प्रवेश परीक्षा सिइइ दिने विद्यार्थीले चिकित्सा शिक्षा आयोग विरुद्ध आन्दोलन सुरु गरेका छन् । चिकित्सा शिक्षा आयोगले गरेको गल्तिका कारण आफूहरु अन्यायमा परेको भन्दै प्रवेश परीक्षा दिएका विद्यार्थीले आन्दोलन थालेका हुन् ।

आयोग विरुद्ध उनीहरुले आज बुधबार माइतीघरमा विरोध प्रर्दशन गरेका छन् ।

प्रर्दशनमा सहभागि विद्यार्थी चन्दन कुमार गोईतले, आफ्ना समस्याहरू लिएर जाँदा चिकित्सा शिक्षा आयोगका अध्यक्ष सघंरत्न बर्जाचार्यले आफुहरुलाई धम्की दिएको आरोप लगाए ।

उनले भने, अध्यक्ष बर्जाचार्यले हामीलाई ‘यो विषय कराई राख्ने विषय हैन् । यो विषयमा तपाई र मैले बोल्यौं भने प्रहरीले पक्रेर लान्छ । यस्तो कुरा मलाई नभन्नु होला म तपाईलाई मद्धा पनि हाल्न सक्छु । लेखेर औठा छाप लगाएर नागरिकता राखेर दिनुस म तपाई विरुद्ध मुद्धा हाल्छु । यस्तो त भन्नदै मिलेन नि ।’ भनेर थर्काए ।

चिकित्सा शिक्षा आयोगद्वारा प्रकाशित ग्रिड पालना नभएको भन्दै आफ्नो कुराहरु राख्न गएका विद्यार्थीहरुलाई मुद्धा हाल्छु, प्रहरी बालाउछु भन्दै धम्काएको विद्यार्थीको गुनासो छ ।

नेपाल न्युज बैंकलाई प्राप्त भिडियोमा पनि अध्यक्ष बर्जाचार्यले विद्यार्थीहरुलाई प्रहरी लगाएर पक्रने धम्कि दिएको प्रष्ट देख्न सकिन्छ ।
आन्दोलित विद्यार्थीले भने सरकारी स्कुलका विद्यार्थीहरुको लागि छुट्याइएको कोटाको लागि धेरै विद्यार्थीले नक्कली कागजपत्र बनाएको आरोप लगाएका छन् । त्यस्ता विद्यार्थीका कागजपत्र छानविन गरी उनीहरुमाथि कारबाही हुनुपर्ने माग उनीहरुको छ । सो परीक्षा फागुन १४ गतेदेखि २८ गतेसम्म संचालन भएको थियो ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...