सुकुम्वासीलाई गैर नागरिकको जस्तो व्यवहार भयो : अध्यक्ष कार्की
Wednesday Mar 15, 2023
वि.सं.२०७९ चैत १ बुधवार २३:३०
काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुम्वासी संघको अध्यक्ष कुमार कार्कीले, सुकुम्वासीलाई गैर नागरिकको जस्तो व्यवहार भएको गुनासो गरेका छन् ।
बुधबार माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा बोल्दै, अध्यक्ष कार्कीले सुकुम्वासीलाई पनि अन्य नागरिक सरह समान व्यवहार गरी सुकुम्वासीको अधिकार सुनिच्चीत हुनु पर्नेमा जोड दिए । सुकुम्वासीलाई तर्साएर धपाउँछु भन्ने सपना नदेखी सुकुम्वासीको अधिकार सुनिच्चीत गराउने तर्फ ध्यान दिन उनले सरकारसंग माग गरे ।
उनले भने “हामीले बस्तिको रक्षाको निम्ति सुरक्षाको निम्ति र हुकुम बहादुर लामा लगायतलाई मुद्दा लागेको छ उहाँहरूको रिहाइको लागी आन्दोलन गर्नु परेको हो ।”
उनले भने “हाम्रा भूमि अभियन्ता साथीहरू अपराधी होइनन् । हामी सबैको सामूहिक पहलबाट, सहकार्यबाट हामीले सुकुम्वासी मुक्त राष्ट्र निर्माणको कल्पना गरेका छौ ।
हामी देशका श्रम शक्ति हौ । यस देश को सम्भाहक पनि सुकुम्वासी हौ । हामी यहि देशका नागरिक हौ यहि देशको नागरिक भएकोले भूमिको र हाम्रो सुकुम्वासीको अधिकार सुनिश्चित हुनु पर्छ ।”
नेपाल महिला एकता संघको अध्यक्ष मुना बज्राचार्यले, आफुहरुले भिख नमागी अधिकार मागेको बताइन् ।
उनले भनिन “हामीलाई संविधानमा भएको अधिकार देऊ भन्दा हाम्रा साथीहरूलाई जबरजस्ती गरे खुकुरी देखाएर आतंक फैलाएर अतिक्रमणकारी हो भन्ने अफबाहव फैलाएर जुन खालको घृणीत कार्यप्रति आपत्ति छ।”
अहिले सान्ती पूर्ण धर्ना बसे पनि भोलिबाट धर्नाको स्वरूप परिवर्तन हुने उनको धम्की छ ।






















