एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
Thursday Mar 16, 2023
वि.सं.२०७९ चैत २ बिहीवार २१:१५
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक हजारले बढेर छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार २ सय रुपैयाँे रहेको छ ।
चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार तोलाको १३ सय रुपैयाँमा कारोबार भएको थियो ।






















