CG Electronics
IME Life
NIMB

एशिया प्यासिफिक एड्भान्स नेटवर्कको ५५औं अन्तराष्ट्रिय सम्मेलन सुरु

NIMB
Himalayan Bank

 

एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको सहकार्यमा स्थापित एशिया प्यासिफिक एडभान्स नेटवर्कको ५५औं अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक आयोजना भएको कार्यक्रममा विभिन्न १७ देशका ३०० जना बढिको उपस्थिति रहेको छ । आज मंगलबार संचार तथा सूचना प्रविधि मन्त्रि रेखा शर्माले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रि शर्माले राज्यको मात्र हैन प्रविधिमा कामगर्ने संघ संस्था, बिश्वबिद्यालय तथा विज्ञहरुले समेत प्रविधिलाई गुणस्तर बनाउने र सर्वसाधारणको पहुँचमा पुर्याउने कुरालाई प्राथमिकतामा राख्ने तथा लगानी बढाउनु बताउनुभयो । प्रविधिको विकाससँगै डिजिटल डिभाइड पनि बढ्दै गएको बताउदै मन्त्रि शर्माले डिजिटल डिभाइडको खाडललाई कम गर्ने काम गर्नुपर्ने बताउनुभयो ।

डिजिटल नेपाल फ्रेमवर्कको अतिरिक्त, आईसीटी क्षेत्रमा अनुसन्धानको महत्त्वलाई पनि जोड दिन दिएको बताउदै अनुसन्धान आविष्कार र विकासको मेरुदण्ड रहेको मन्त्रि शर्माले बताउनुभयो । उहाले भन्नुभयो “हाम्रो सही नीति, रणनीति र लगानीले नेपाल आविष्कारको हब र आईसीटी क्षेत्रमा अग्रणी बन्न सक्नेछ” ।
यसैगरी शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयका सचिब डा. प्रमिलादेबी बज्राचार्यले नेपालमा बिज्ञान प्रविधिको क्षेत्रमा अनुसन्धानको लागि पहल गरिरहेको बताउदै यस्ता कार्यक्रम मार्फत सरकारले अन्तरास्ट्रिय बिज्ञहरुसँग सहकार्य गर्ने अवसर प्राप्त हुने बताउनुभयो । कार्यक्रममा एपानका अध्यक्ष जीलोङ वांङले नेपालले पहिलो पटक गरेको कार्यक्रमको प्रसंशा गर्दै नेपाल

 

सरकारसँगको सहकार्यले बैज्ञानिक अनुसन्धान र अन्तरास्ट्रिय समुदाय बीचको सहकार्यलाइ थप सबल बनाउने बताउनुभयो ।

सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रहरुमा वैज्ञानिक अनुसन्धान र सहकार्य गर्दै आएको सस्था एनरेन (NREN) ले आयोजना गरेको एपान कार्यक्रम नेपालमा पहिलो पटक आयोजना भएको हो । विगत २५ वर्षदेखि एशिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको संयोजन तथा विश्वका विभिन्न देशका वैज्ञानीक अनुसन्धान, नवप्रवर्तन र विभिन्न विश्वविद्यालयहरु सँगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन एशिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रहरुमा आयोजना गर्दै आएको मूल आयोजक समितिका अध्यक्ष लोचनलाल अमात्यले बताउनुभयो ।

एपान(APAN)को ५५औ सम्मेलन फागुन २९ गतेदेखि संचालन भैरहेको छ । पाँच दिन सम्म सञ्चालन हुने यस सम्मेलनको अवधिभर ५५ वटा भन्दा वढि सेसनहरु सञ्चालन हुने साथै १७५ भन्दा वढि प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धान लगायतका विभीन्न क्षेत्रहरुमा केन्दित रहि प्रस्तुती दिनुहुनेछ । यस सम्मेलनमा दुईजना नेपाली सहित ४ जना ब्यप्तिहरुले मुख्य बक्ताको रुपमा सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ ।

आज उद्घाटन कार्यक्रममा बरिस्ठ जलबायु परिवर्तन बिज्ञ डा. अरुणभक्त श्रेष्ठ र हिमाल आरोही पुर्णिमा श्रेष्ठले कि-नोट प्रस्तुति दिनुभएको छ । उहाहरुले जलबायु परिवर्तनका नकारात्मक प्रभावहरुलाई कम गर्न सूचना तथा संचार प्रविधि क्षेत्रका बिज्ञहरुले पुरयौना सक्ने भूमिकाको सम्वन्धमा प्रकाश पार्नुभयो ।
लामो समयको प्रयास पश्चात एपानको ५५ औं सम्मेलन नेपालमा ल्याउन सफल भएको नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कका कार्यकारी निर्देशक डा. राजन पराजुलीले बताउनुभयो । यस सम्मेलनले नेपालमा बैज्ञानिक अनुसन्धानको लागि आवश्यक पूर्वाधारका सम्वन्धमा साथै एसिया प्रशान्त क्षेत्रका देशहरुबिच बैज्ञानिक सहकार्यलाइ सबल बनाउन भूमिका खेल्ने डा. पराजुलीले बताउनुभयो । यसैगरी राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जालको विस्तारको लागि सचेतना बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको कार्यकारी निर्देशक डा. पराजुलीले बताउनुभयो ।

यस सम्मेलन आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्वन्धी संस्थाहरुसँगको सहयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सँगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (NREN) ले गरेको छ । विश्वभर फैलिएको कोभिड महामारी पछि पहिलो पटक भौतिक रुपमा आयोजना भैरहेको यस पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलनले सूचना संचार प्रविधि क्षेत्रमा क्रियाशील सस्था र ब्यप्तिहरुलाई उत्साहित बनाएको छ । यसैगरी नेपालमा भैरहेको जलबायु परिवर्तनको असरलाइ विश्वसामु ध्यान केन्द्रित गर्न सफल भएको छ ।

प्रविधि क्षेत्रका बिज्ञहरुले पुरयौना सक्ने भूमिकाको सम्वन्धमा प्रकाश पार्नुभयो ।
लामो समयको प्रयास पश्चात एपानको ५५ औं सम्मेलन नेपालमा ल्याउन सफल भएको नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कका कार्यकारी निर्देशक डा. राजन पराजुलीले बताउनुभयो । यस सम्मेलनले नेपालमा बैज्ञानिक अनुसन्धानको लागि आवश्यक पूर्वाधारका सम्वन्धमा साथै एसिया प्रशान्त क्षेत्रका देशहरुबिच बैज्ञानिक सहकार्यलाइ सबल बनाउन भूमिका खेल्ने डा. पराजुलीले बताउनुभयो । यसैगरी राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जालको विस्तारको लागि सचेतना बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको कार्यकारी निर्देशक डा. पराजुलीले बताउनुभयो ।

यस सम्मेलन आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्वन्धी संस्थाहरुसँगको सहयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सँगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (NREN) ले गरेको छ । विश्वभर फैलिएको कोभिड महामारी पछि पहिलो पटक भौतिक रुपमा आयोजना भैरहेको यस पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलनले सूचना संचार प्रविधि क्षेत्रमा क्रियाशील सस्था र ब्यप्तिहरुलाई उत्साहित बनाएको छ । यसैगरी नेपालमा भैरहेको जलबायु परिवर्तनको असरलाइ विश्वसामु ध्यान केन्द्रित गर्न सफल भएको छ ।

चैत्र ३ गतेसम्म संचालन हुने सम्मेलनमा सूचना प्रविधि कार्यान्वयनका विभिन्न क्षेत्रहरु जस्तै प्रकोप व्यवस्थापन, कृषि आधुनीकिकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्यांकहरुमा पहुँच, इन्टरनेट सुरक्षा आदि विषयवस्तुहरुमा केन्द्रित रहि सहभागीहरु विच बृहत छलफल हुनेछ । २५ देशका १८० प्रतिनिधिहरु तथा नेपालका विभिन्न विश्वविद्यालय र सूचना प्रविधि सँग सम्वन्धीत संस्थाहरुवाट १५० गरि ३५० भन्दा बढि प्रतिनिधिहरुको प्रत्यक्ष् उपस्थिति र २०० भन्दा वढि व्यतिहरु अनलाइनका माध्यमवाट पाँच दिन सम्म सहभागी हुनेछन् । नेपालमा पहिलोपटक हुन लागेको यस एपान सम्मेलनले नेपाल सरकारले प्राथमिकताका साथ अगाडि वढाएको डिजीटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सहयोग पुर्याउने देखिन्छ ।

 

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...