आज उपराष्ट्रपति निर्वाचन, संघ र प्रदेश सभा सदस्यले मतदान गर्ने
Friday Mar 17, 2023
वि.सं.२०७९ चैत ३ शुक्रवार ०९:१३
काठमाडौं । आज संसद भवन नयाँ बानेश्वरमा उपराष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा संघ र प्रदेश सभाका सदस्यले मतदान गर्नेछन् । निर्वाचनका मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ ।
निर्वाचनमा सत्ता गठवन्धनबाट जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव उम्मेदवार छन् । उनको विपक्षमा एमालेले अष्टलक्ष्मी शाक्यलाई उठाएको छ । निर्वाचनमा जनमत पार्टीको तर्फबाट ममता झा पनि चुनावी मैदानमा छिन् । उनीहरुसँगै जसपाको तर्फबाट प्रमिलाकुमारी यादवले पनि उम्मेदवारी दिएकी थिइन् । तर, उने उम्मेदवारी निश्कृय पारिसकेकी छिन् ।
निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मतदान नगर्ने निर्णय गरेको छ । गत बुधवार पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय समिति बैठकले उपराष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले उपराष्ट्रपति निर्वाचनमा राप्रपा सहभागि नहुने जानकारी दिए ।






















