CG Electronics
IME Life
NIMB

चक्रपथ बिस्तार गर्न कलंकी–बसुन्धरा ‘सर्भिस ट्रयाक’ निर्माण तिब्र

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

 

काठमाडौं । कलंकी–बसुन्धरा चक्रपथ बिस्तारका लागि आवश्यक ‘सर्भिस ट्रयाक’ निर्माण तिब्र गतिमा अघि बढेको छ ।

‘ट्रयाक’ निर्माण चक्रपथ सुधार योजनाले गर्दैछ । गत साउनदेखि आयोजनाले ‘ट्रयाक’ निर्माण सुरु गरेको हो । ‘ट्रयाक’ निर्माण गर्न कलंकी–बसुन्धरा सडकलाई चार खण्डमा विभाजन गरिएको छ । ६ मिटर चौडाईमा बन्ने ‘ट्रयाक’को कुल लम्वाई ८।२ किलोमिटर छ । आयोजनाले ‘ट्रयाक’ निर्माण गर्न दुई वटा ठेकेदार कम्पनीलाई जिम्मा दिएको छ । सुधार योजनाकी सुचना अधिकृत सुमित्रा अधिकारीले सम्झौता अनुसार ‘ट्रयाक’ निर्माण २० महिनाभित्र सकिनु पर्ने बताईन् ।

उनले भनिन्,‘कलंकी–बसुन्धरा सडक चक्रपथ विस्तारकै दोस्रो फेज हो । यसका लागि आवश्यक ‘सर्भिस ट्रयाक’ निर्माणको काम तिब्र गतिमा अघि बढेको छ । दुवैतर्फ गरि यसको चौडाई ६ मिटर छ । ट्रयाक निर्माणलाई चार वटा ‘सेक्सन’मा विभाजन गरिएका छन् । साउनदेखि नै सुरु भएको ‘ट्रयाक’ निर्माण २० महिनाभित्र सक्ने योजना छ ।’

सुधार योजनाका अनुसार ‘सर्भिस ट्रयाक’मा अहिले खानेपानी पानी तथा ढलको निकासका लागि आवश्यक ठुलाठुला पाइप राख्ने काम हुँदैछ । सडक किनारमा राखिएका विद्युतका पोल हटाई सकिएको छ । आयोजनाले हरित पेटीका अन्तरगत रोपिएका रुख चार वर्ष अघि नै काटि सकेको छ । योजनाकी सुचना अधिकृत अधिकारीले ‘ट्रयाक’मा अहिले खानेपानी तथा ढलक पाइप राख्ने काम भइरहेको बताइन् ।

उनले भनिन्,‘सर्भिस ट्रयाकमा अहिले मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम हुँदैछ । ढलका ठुलाठुला पाइप पनि राख्नु पर्नेछ । यो त्यो काम पनि अहिले धमाधम हुँदैछ । विद्युतका पोल हटाइ सकिएको छ । ‘ट्रयाक’ निर्माण सकिएपछि कलंकी–बसुन्धरा विस्तारको मुल काम होला ।’
योजनाका अनुसार दोस्रो फेज अन्तरगत निर्माण गर्ने भनिएको कलंकी–बसुन्धरा सडकको मुलखण्ड भने चिनियाँ सरकारको लगानीमा निर्माण हुनेछ । सडक आठ लेनको बन्नेछ । यसका लागि आवश्यक डिपिआर९डिटेल प्रोजेक्ट रिपोर्ट’ चिनियाँ सरकारले निर्माण गर्दैछ ।

सडकको सम्पुर्ण बजेट चिनियाँ सरकारले नै उपलब्ध गराउने र डिपिआर पनि उसैले निर्माण गरिरहेको हुँदा सडक निर्माणको लागत रकम बारे जानकारी नभएको योजनाकी सुचना अधिकृत अधिकारीले बताइन् ।

 

उनले भनिन्,‘कलंकी–बसुन्धरा सडक आठ लेनको बन्नेछ । यसको अहिले डिपिआर निर्माण हुँदैछ । चिनियाँ सरकारको लगानीमा निर्माण हुने हुँदा डिपिआर पनि उसैले निर्माण गरिरहेको छ । सडकको लागत रकम बारे अहिले नै भन्न सकिने अवस्था छैन । डिपिआर निर्माणपछि मात्रै यसको लागत रकम भन्न सकिन्छ ।’

कलंकी–बसुन्धरा सडक निर्माणका बखत सवारी साधन ‘सर्भिस ट्रयाक’तर्फ ‘डाइभर्ट’ गरिनेछ । सडक निर्माण अवधिभर कलंकी–बसुन्धरा सडकभित्रको आठ लेन पूर्णरुपमा बन्द गरिनेछ । द्रुत गतिमा निर्माण कार्य अघि बढाउने उद्येश्यले यस्तो गर्न लागिएको योजनाको भनाईछ । ‘सर्भिस ट्रयाक’ निर्माणलाई तिब्र पारिनुका कारण यही रहेको सुचना अधिकृत अधिकारीले भनिन् । ‘ट्रयाक’ निर्माणका सम्पुर्ण काम नेपाल सरकारकै लगानीमा हुँदैछ ।

 

कलंकी–बसुन्धरा निर्माण गर्न नेपाल सरकार र चिनियाँ सरकरबीच सन् ०१८ मै सम्झौता भएको थियो । कोभिड–१९ महामारीका कारण निर्माण कार्य लामो समयसम्म अवरुद्ध भएको योजनाको भनाईछ । सम्झौतामा सडक बिस्तार महाराजगंजसम्मै हुने भनिए पनि अहिले बसुन्धरासम्म मात्रै निर्माण कार्य हुनेछ । मुआब्जा समस्याका कारण महाराजगंजसम्म सडक विस्तार नहुने योजनाकी सुचना अधिकृत अधिकारीले बताइन् ।

उनले भनिन्,‘महाराजगंजमा जग्गाको मुआब्जा वितरणमा समस्या छ । त्यसो हुँदा दोस्रो चरणको चक्रपथ विस्तार बसुन्धरासम्म मात्रै हुनेछ । मुआब्जाको समस्या समाधान भए लगतै बाँकी काम पनि होला । तर, अहिले केमा स्पष्ट हुनु पर्छ भने चक्रपथ विस्तार बसुन्धरासम्म मात्रै हुनेछ ।’

(प्रतिक्षा आचार्य /नेपाल न्युज बैक)

 

 

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...