CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ६ बुधवार

skip this CURRENT

नेपाली राष्ट्रिय खेलाडीको तलब वृद्धि गर्न सांसद शाहीको माग

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय खेलाडीको तलब वृद्धि गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले मन्त्री र सांसदको तलब कटौती गरेर भए पनि खेलाडीको तलब वृद्धि गर्न शाहीले माग गरेका छन् ।

देशलाई विश्वमा चिनाउने खेलाडीले नै हो भन्दै राष्ट्रिय टिमका कप्तान समेतले खेल छोडेर बिदेसिनु परेको, विद्यार्थीले खाडीमा भेटौँला भन्न पर्ने अवस्था आएको उनको टिप्पणी छ ।

‘खेलकुद क्षेत्रमा २ अर्ब ४६ करोड बजेट अर्थात् ०।१३ प्रतिशत बजेट छुट्टाइएको छ । यो बजेट यसो हेर्दा खेरि मन्त्री ज्यूका स्वकीय सचिव भन्दा पनि कम तलबमा नेपालका राष्ट्रिय खेलाडीहरू खेलिरहेका छन् ।

म भन्न चाहन्छु, हामी सबै सांसद मन्त्रीहरूको तलब कटौती गरेर खेलाडीहरूको तलबमा वृद्धि गरियोस् ।’ उनले भने
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान समेत रहेका राम्रा खेलाडी सुजल श्रेष्ठ फुटबल छोडेर केही समय पहिला मात्रै अस्ट्रेलिया गएका थिए ।

उनी जस्तै अन्य खेलाडी पनि नेपालमा पारिश्रमिक, सेवा सुविधा, राजनैतिक खिचातानी लगायतका कारण देखाउँदै बिदेसिएका छन् ।

काठमाडौंमा पाकिस्तान दूतावासद्वारा निबन्ध तथा वक्तृत्व प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

काठमाडौंमा पाकिस्तान दूतावासद्वारा निबन्ध तथा वक्तृत्व प्रतियोगिताका...

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

  काठमाडौं । पाकिस्तान दूतावास, काठमाडौंले १३औँ वार्षिक ‘पाकिस्तानका राजदूत...

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको अभ्यास कि निजी क्षेत्रमा त्रास ?

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको...

वि.सं.२०८३ जेठ ४ सोमवार १२:३७

  सुरेन्द्र सुवेदी/काठमाडौ पछिल्लो समय नेपालका स्थापित उद्योगी, व्यवसायी र...

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी गुनासोको समाधान प्रक्रियामा तीव्रता

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी...

वि.सं.२०८३ जेठ ४ सोमवार १०:४१

काठमाडौं । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा...

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख ‘भेप’ रहेको आशंका

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख...

वि.सं.२०८३ जेठ २ शनिवार १६:५६

काठमाडौँ । भन्सार विभाग ले कोरोला नाकाबाट हिजो राति करिब...

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...