CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ६ बुधवार

skip this CURRENT

काठमाडौं बहिरा संघका सदस्यहरुलाई शेयर बजार सम्बन्धी एक दिने तालिम तथा साक्षरता कार्यक्रम

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले २०७९ चैत्र ११ गते शनिबारको दिन “ग्लोबल मनि विक—२०२३” को अवसरमा युवा केन्द्रित विविध पूँजीबजार तथा वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्य सहित काठमाडौं बहिरा संघ नेपालको सहयोगमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम काठमाडौंको हात्तीसार स्थित नेपाल हाउसमा सम्पन्न भएको हो । काठमाडौं बहिरा संघ नेपाल अन्र्तगत रहेका सदस्यहरुमध्ये ५० भन्दा बढी सदस्यहरुको सहभागिता भएको उतm कार्यक्रम मूख्यतया पूँजी बजारमा शुरुवाती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो ।

 

कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत श्री दुर्गा नन्द झा तथा श्री श्रीया कुटुले गर्नुभएकाृ थियो भने यसलाई सांकेतिक भाषामा दोभाषेहरु श्री रेनु शाह तथा श्री सुनीता श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम पूँजी बजारमा शुरुवाती प्रवेश के कसरी गर्ने, मेरो शेयर के कसरी चलाउने, शेयरबजार सम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा काठमाडौं बहिरा संघ नेपाल सम्बद्घ सहभागी सदस्यहरुले शेयर बजार सम्बन्धी आजको तालिम कार्यक्रम एकदमै फलदायी भएको तथा अब शेयर बजारमा लगानी गरी आर्थिक उपार्जन गरी आर्थिक रुपमा सबल बन्न सक्ने बताउनुहुँदै आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको शेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्ने बताउनु भयो ।

कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको कार्य सञ्चालन विभाग प्रमुख श्री बसन्ता उपाध्यायले कार्यक्रमको समापन मन्तव्य राख्नुहुँदै “ग्लोबल मनि विक २०२३” को अवसरमा यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताँउदै तालिम प्रतिको सहभागी सदस्यहरुका उत्साह तथा अन्तरक्रियामा सक्रिय सहभागीता देख्दा अत्यन्त खुशी लागेको जनाउदै न्ःध् को यस वर्षको विषयबस्तु एबिल थयगच ःयलभथ, एबिलत थयगच ँगतगचभ मूलनारा लिने यसको प्रमुख सन्देश युवा अबस्थाबाट नै व्यक्ति वित्तीय रुपमा सबल बन्न यो मूलनारा अनुशरण गरी लगानीको स्रोतबारे ज्ञान लिने, आयबाट केही बचत गर्ने बानी बसाल्ने तथा सो बचत लगानी गरि सोलाई गुणात्मक वृद्घि गर्न पूँजी बजार समेत एक राम्रो स्रोत रहेको जानकारी दिदै उपस्थित सबैजनालाई पूँजी बजारमा लगानी गर्न प्रोत्साहन गर्नुभयो ।

यसका साथै शारीरिक तथा मानसिक कमी कमजोरी भई अपाङ्गता भएका “क” तथा “ख” वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गर्नका लागि प्रभु क्यापिटल मार्फत डिम्याट तथा मेरो शेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सो सुविधा निशुल्क पाउने व्यवस्था रहेको समेत जानकारी दिनुभयो ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

 

मर्जर प्रस्तावसहित एनआईसी एशिया लघुवित्तको साधारणसभा जेठ ३० मा

मर्जर प्रस्तावसहित एनआईसी एशिया लघुवित्तको साधारणसभा जेठ...

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१९

काठमाडौं । NIC Asia Laghubitta Bittiya Sanstha ले मर्जर प्रस्तावसहित...

नेको इन्स्योरेन्सद्वारा अपुग कागजात बुझाउन आग्रह

नेको इन्स्योरेन्सद्वारा अपुग कागजात बुझाउन आग्रह

वि.सं.२०८३ जेठ ६ बुधवार ०८:१३

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमित तथा बीमा दाबीकर्तालाई आवश्यक...

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी

वि.सं.२०८३ जेठ ६ बुधवार ०८:०४

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ४ जना सर्टलिस्ट

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ४ जना...

वि.सं.२०८३ जेठ ६ बुधवार ०८:००

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिका...

बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक सम्पन्न

बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक...

वि.सं.२०८३ जेठ ६ बुधवार ०७:५५

काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिको पहिलो बैठक सम्पन्न...

डिग्रीदेखि करियरसम्म: ‘स्टडी इन नेपाल फोरम २०२६’ ले देखायो रोजगारीमुखी शिक्षाको बाटो

डिग्रीदेखि करियरसम्म: ‘स्टडी इन नेपाल फोरम २०२६’...

वि.सं.२०८३ जेठ ५ मंगलवार २२:१३

  काठमाडौं । नेपालमा उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरसँग जोड्दै स्नातकहरूको...