६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन पालिकाहरुलाई जिल्ला संघ बागलुङको आव्हान
Saturday Apr 01, 2023
वि.सं.२०७९ चैत १८ शनिवार २१:१६
काठमाडौं । बागलुङ स् ६६ औं राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाउनका लागि जिल्ला सहकारी संघ लिमिटेड, बागलुङले जिल्लाका सबै पालिकाहरुलाई आव्हान गरेको छ ।
नेपालमा सहकारीको शुरुवात भएको चैत २० गतेका दिन देशभर विविध कार्यक्रमका साथ सहकारी दिवस मनाउने गरिएको छ । यस वर्षको सहकारी दिवस सहकारीको दिगोपनस् स्वनियमन र सुशासन भन्ने नाराका साथ मनाउन लागिएको छ ।
जिल्ला सहकारी संघ, बागलुङले जिल्लाका सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र मार्फत ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन आव्हान गरेको हो । संघका तर्फबाट अध्यक्ष हुमा कुमारी जिसी ९अञ्जु० ले पालिकाहरुलाई पठाएको पत्रमा पालिका स्तरमा रहेका सहकारी संघ संस्थाहरुसंगको प्रभावकारी परिचालन, समन्वय र सहकार्यमा भव्य रुपमा सहकारी दिवस मनाउन अनुरोध गरिएको छ ।
सहकारीको दर्ता, प्रवद्र्धन र नियमन गर्ने तीन वटा निकाय मध्ये सबैभन्दा धेरै सहकारी संस्थाहरु रहेको स्थानीय तहमा सहकारी दिवस मनाउदा सहकारीको प्रवद्र्धन र विकासमा सहयोग पुग्ने भएकाले सबै पालिकालाई सहकारी दिवस मनाउन आव्हान गरिएको अध्यक्ष जिसीले बताईन ।
‘सहकारी दिवस मनाउने जिम्मेवारी पालिका, प्रदेश र संघ सरकारको हो, स्थानीय तह मध्ये धेरैमा सहकारीका दिवसहरु मनाउने, सहकारीकर्मीहरुको क्षमता विकास गर्ने, सहकारी संघ संस्थाको संस्थागत विकासमा सहयोग गर्ने काम कम भएको छ । त्यसैले हामीले पालिकाहरुको ध्यानाकर्षण गराएका हौं’, अध्यक्ष जिसीले भनिन् ।
बागलुङमा १० वटा पालिका रहेका छन् । बागलुङ नगरपालिकाले विगत केही वर्षदेखि जिल्ला सहकारी संघसंगको सहकार्यमा राष्ट्रिय सहकारी दिवस मनाउदै आएको छ ।
६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ, बागलुङ र बागलुङ नगरपालिकाको संयुक्त आयोजनामा चैत १८ गते बिहान बागलुङ बजार सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
चैत २० गते बिहान ११ बजे बृहत र्यालीसहित मुख्य समारोहको आयोजना गरिएको बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्माले जानकारी दिए।




























