IME Life
NIMB

वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल समुहको उम्मेदवारी दर्ता, भन्छन्–हाम्रो जित सुनिश्चित छ

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गरेको छ । मंगलबार एक विशेष कार्यक्रमबीच उक्त समुहले महासंघ केन्द्रिय कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको हो ।

सो समुहबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिएका छन् ।

आज भएको उम्मेदवारी दर्ता कार्यक्रममा वस्तुगततर्फबाट उपाध्यक्ष लगायत १४ जना कार्यसमित सदस्य पदका उम्मेदवारहरुले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै सो समुहका जिल्ला तथा नगर र एसोसिएट्सका पनि अधिकांश सदस्यहरुले आजै उम्मेदवारी दर्ता गराएका छन् । सो समुहका कतिपय एसोसिएट्स र जिल्ला नगरका सदस्यहरुले आईतबार र सोमबार मनोनयन दर्ता गराएका थिए ।

उम्मेदवारी दर्तासँगै पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो समुहले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यवसायिक हकहितका विषयहरु उठान गरेकाले जित सुनिश्चित भएको वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताए ।

‘हामी व्यवसायीको पीडा बोकेर समस्या समाधान गर्ने समूहको रुपमा अघि बढेका छौं,’ उनले भने, ‘देश आक्रान्त र अस्थिर छ भने आर्थिक रूपमा खस्किएको छ ।

यस्तो अवस्थामा निजीक्षेत्रको क्याप्टेनसीप दिन वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु जिल्ला नगर, वस्तुगत, एसोसिएट्स र द्विराष्ट्रिय सबै क्षेत्रका उद्योगी व्यवसायीले हाम्रो यस समुहलाई अत्याधित मत दिएर विजयी गराउनेमा विश्वस्त छु ।’

अहिले निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको र जसका कारण अर्थतन्त्रमा समस्यामा परेको उनले जानकारी दिए ।

अहिले सरकारले उद्योगी व्यवसायीको मनोवल उच्च बनाएर देशको अर्थतन्त्र चलायमान बनाउने पर्ने अवस्थामा विभिन्न खालमा समस्या सिर्जना गरेर हतोत्साहित गरेको भन्दै आफु निर्वाचित भएलगत्तै व्यवसायिक हकहितका एजेण्ड बोकेर समाधानका लागि सरकारसँग छलफलमा बस्ने जानकारी दिए ।

देशको अर्थतन्त्रको सम्वाहक निजी क्षेत्र भएको भन्दै निजी क्षेत्रको मनोवल उकास्न सरकारले नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्ने बताए ।

साथै अहिलेको अवस्थामा उद्योगी व्यवसायिका कर्जालाई राष्ट्र बैंकले पुर्नतालिकिरण र सरकारले ब्याजमा सहुलियत दिनुपर्ने उनको माग थियो ।

 

 

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...