CG Electronics
IME Life
NIMB

प्रुडेन्सियल इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रुडेन्सियल इन्स्योेरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सो सभा बुधबार होटल इच्छा, सिमरा, बारामा सम्पन्न भएको हो । विशेष साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष विशाल अग्रवालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा सभालाई जानकारी गराए ।

सभामा अध्यक्ष अग्रवालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पूँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र आइएमई जनरल इन्स्योरेन्स लिमिटेड गाभ्नेरगाभिने ९मर्जर० सम्बन्धी अन्तिम सम्झौता भई सोही बमोजिम आजको विशेष साधारण सभा बोलाइएको जानकारी गराए ।

त्यसै गरी अध्यक्ष अग्रवालले दुवै कम्पनीको गाभ्नेरगाभिने ९मर्जर० सम्बन्धी प्रारम्भिक सम्झौता पत्र तथा डीडीए रिपोर्ट समेतको आधारमा शेयर अनुपात ९स्वाप रेसियो० क्रमश १ः१ कायम हुने जानकारी दिए ।

उनका अनुसार दुवै कम्पनी गाभिए पश्चात बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्ता पूँजी ३ अरब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ हुने छ । त्यस्तै, कम्पनी गाभिए पश्चात हुने कम्पनीको अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानिय पहुँच, अनुभव, क्षमतलाई बढी भन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा संजाल लगायत डिजिटलको माध्यमबाट समेत उत्कृस्ट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीहरु एक आपसमा गाभिने निर्णय गरिएको जानकारी उनले गराए ।

नेपालमा रहेका २ उत्कृष्ट व्यवसायी घराना विशाल ग्रुप र आइएमई ग्रुप साथै संस्थासँग आवद्ध अन्य व्यावसायिक घराना सम्मिलित कम्पनीले भविष्यमा उत्कृष्ट व्यवसाय हासिल गरी शेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा कम्पनीहरु गाभिए पश्चात बन्ने कम्पनीको अधिकृत पूँजी ५ अर्ब र चुक्ता पूँजी ३ अरब २ करोड, शाखा संजाल ८४, कर्मचारी संख्या ५१७ हुने, त्यसै गरी व्यवसाय करिब ४ अरब हुने जानकारी समेत सभालाई गराए । त्यसै गरी नियमन निकायबाट निकट भविष्यमा सुरु हुन लागेका जोखिममा आधारित पूँजीको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने व्यहोरा समेत जानकारी गराए ।

संस्था गाभिए पछि पूँजीगत आधार सुदृढ हुनेछ साथै कम्पनीको वित्तीय अवस्था थप सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बन्ने र निर्जिवन बीमा क्षेत्रको विकास तथा बीमितको हक हित संरक्षणमा संस्था सफल हुनेछ । गाभिए पश्चात प्राविधिक र अन्य क्षमता, अनुभव र विज्ञता भएको मानव संशाधन एकआपसमा मिलेर संस्थालाई थप बल पुग्ने छ भने अनुभव आदान प्रदान भै गुणात्मक उपलब्धि हासिल हुनेछ ।

जसले संस्थाको वित्तीय जग बलियो हुने, शेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्दै पूँजी संरचना अनुसार गुणस्तरीय व्यवसाय गर्न कम्पनी सफल हुनेछ । गाभ्ने÷गाभिने ९मर्जर० कार्यले आगामी दिनमा शेयरधनीहरु तथा सम्पूर्ण सरोकारवालाहरू हालको तुलनामा बढी भन्दा बढी लाभान्वित हुने बारेमा सभालाई जानकारी गराए ।

साथै, विशेष साधारण सभामा प्रस्तावित विशेष प्रस्तावहरु विशेष साधारण सभाले सर्वसम्मतिबाट पारित गरेको सभामा जानकारी गराए । अन्तमा प्रचलित कानून तथा नेपाल बीमा प्राधिकरण एवं अन्य नियमन निकायद्वारा जारी निर्देशनहरुको पूर्ण पालना गरी संस्थागत सुशासनको मूल्य र मान्यतालाई मनन गरी गुणस्तरीय सेवा प्रदान गरी नेपालमा रहेका निर्जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट कम्पनी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्ने व्यहोरा समेत सभालाई जानकारी गराए ।

त्यसै गरी अध्यक्ष अग्रवालले यस विशेष अवसरमा दुवै कम्पनीका मर्जर कमिटिका संयोजक, शेयरधनी, नेपाल बीमा प्राधिकरण लगायत सम्पूर्ण नियामकारी, बैँक तथा वित्तीय संस्था, बीमा तथा पुनर्बीमा कम्पनी, दुवै कम्पनीका संचालक समितिका पधादिकारीहरु लगायत कर्मचारीहरुलाई समेत धन्यवाद ज्ञापन गरे ।

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख सहयोग

रिलायबल नेपाल लाइफद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५४

  काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि पदभार ग्रहण

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य, शुक्रबारदेखि...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५०

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी...

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा बढी आर्जन, जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान

नेपाल लाइफद्वारा प्रथम बीमा शुल्कमा १३ अर्बभन्दा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:४२

  काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ वर्षको गौरवमय...

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्ने अवसर

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:३३

  काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत ‘शेक...

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य, नागरिक एपबाट बैंकिङ फाराम भर्न सकिने

एनएमबि बैंक र सूचना प्रविधि विभागबीच सहकार्य,...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:२०

  काठमाडौँ । एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग...