CG Electronics
IME Life
NIMB

संसारभरि तीव्र रुपमा फैलिएको परिवार नियोजनको कार्य रोक्न आवश्यक छ : अध्यक्ष केसी

NIMB
Himalayan Bank

 

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले संसारभरि तीव्र रुपमा फैलिएको परिवार नियोजनको कार्यहरु रोक्न आवश्यक रहेको टिप्पणी गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित गैर आवासीय नेपाली संघको पत्रकार सम्मेलनमा बोल्दै उनले जनसंख्या बढेसंगै देशमा विकास पनि बढ्ने हुँदा त्यसैको लागि भएपनि परिवार नियोजनको कार्य रोक्नु पर्ने बताएका हुन् ।

उनले भने,‘ आजको जमानामा नागरिक भनेको योग्यता होइन । अव त म भन्छु परिवार नियोजनको कार्यलाई संसार भरीबाट नै बन्ध गर्नुपर्छ । किनकि जहाँ बढी जनसङ्ख्या छ त्यही देशको मानिसहरूले धेरै विकास गरिरहेका छन् ।’

उनले नागरिकताको निरन्तरतालाई पनि पूर्ण अधिकार सहितको नागरिकताको लागि अभियान अगाडि बढाउनु पर्नेमा जोड दिए ।
विदेश बाट नेपाल आउन चाहनेलाई बाटो बन्ध गर्ने होइन पूर्ण अधिकारसहितको नागरिकता दिलाउनु पर्ने उनको भनाई छ ।

उनले भने‘अहिले हामीले गैर आवासीय नेपाली नागरिकता भनिएता पनि नागरिकताको निरन्तरतालाई पनि पूर्ण अधिकार सहितको नागरीकता पाएको छैन हामीले हाम्रा नागरिकलाई विदेश बाट आउँछु भन्नेलाई बाटो बन्द गर्ने होइन उहाँहरुलाई पूर्ण अधिकार सहितको नागरिकता दिनको लागि संघको कार्यक्रम निरन्तर चलाउने छौं ।’

अध्यक्ष केसीले राजनीतिक परिवर्तन आउँदा विदेशीले पाउँने नागरिकता कथा मात्र हो की ? भन्ने अन्यौलमा नरहनको लागि पनि आग्रह गरे ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...