CG Electronics
IME Life
NIMB

दूरसञ्चार मस्यौदाको सन्दर्भमा बाहिर आएका कुराबाट भ्रमित नहुन मन्त्री शर्माको आग्रह

NIMB
Himalayan Bank

 

 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार नियमनका लागि नयाँ विधेयकको मस्यौदा नै तयार नभएको सन्दर्भमा बाहिर आएका कुराबाट भ्रमित नहुन उनले आग्रह गरेकी छन् ।

शुक्रवार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले दूरसञ्चार क्षेत्रको नियमनका लागि नयाँ विधेयक मस्यौदा निर्माण गर्न मन्त्रालय जुटेको बताएकी हुन् ।

‘मन्त्रिपरिषद्को बैठकले नयाँ ऐन बनाउन मिल्ने भनेर सैद्धान्तिक स्वीकृति पाइसकेका छौँ । सोही आधारमा विधेयकको प्रारम्भिक मस्यौदा तयार पार्न छलफल गरिरहेका छौँ ।’

आजका दिनसम्म पुरानो ऐनको कुन दफा हटाउने, नयाँ कुन विषय थप्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा मन्त्रालय कुनै निष्कर्ष र निर्णय नगरेको उनको भनाई छ ।

‘यो विषय अघि बढेकै छैन, यो विषयमा धेरै चिन्ता नगर्न आग्रह गर्न चाहन्छु । राष्ट्रलाई अहित हुने कुरा गर्ने छैनौँ । ’
उनले मस्यौदा तयार भइसक्यो, यसले कसैलाई पोस्ने काम गरिरहेको छ भनेर भ्रमपूर्ण समाचार बाहिर आइरहेको भन्दै संसदमा पनि यस्तो विषय उठेकोमा असन्तुष्ट व्यक्त गरेकी छन् ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...