खड्काको अध्यक्षतामा कलाकर्मी संघको नयाँ कार्यसमिति चयन
Sunday Apr 09, 2023
वि.सं.२०७९ चैत २६ आइतवार २१:५०
काठमाडौं । उदिराम खड्काको अध्यक्षतामा, नेपाल साँस्कृतिक कलाकर्मी संघको नयाँ कार्यसमिति चयन भएको छ ।
काठमाडौंमा आज सम्पन्न संघको पाँचौ महाधिवेशनले खड्काको अध्यक्षतामा ३५ सदस्यीय नया कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको वरिस्ठ उपाध्यक्षमा रुक्मिणी गिरी, सन्तोष गुरुङ्ग, महिला उपाध्यक्ष सन्ध्या सानू घतानी निर्वाचित भएकी छिन् ।
त्यस्तै महाधिवेशनले कोशी प्रदेश अध्यक्षमा कबिता गेलाल, मधेश प्रदेश अध्यक्षमा प्रदेशी शाह, बाग्मती प्रदेशमा महेश प्रसाद हाडा र गण्डकी प्रदेशमा रामजी खाँण चुनिएका छन् । भने लुम्बिनी प्रदेशमा खुम बहादुर के सि, कणाली प्रदेश मा कृष्ण रेउले र शुदुरपश्चिम प्रदेशमा सुरत रावत निर्बाचित भएका छन् ।
त्यस्तै महासचिवमा लिलाधर भट्टराई ९लिगेस० निर्वाचित हुदा उप–महासचिवमा दीपक भण्डारी, हिक्मत शाही क्षितिज र पवन चुकाह निर्वाचित भएका छन त्यस्तै कोषाध्यक्षमा दिपेन्द्र आले र सह कोषाध्यक्षमा जालुमाया गुरुङ्ग लगाएत १८ जना सदस्य निर्बाचित भएका हुन् ।
महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै, नेपाली कांग्रेसका सह महामन्त्री भिष्म राज आङदेम्बेले नेपाली कांग्रेस दुविधामा बाच्न नहुने बताए ।
पार्टीका क्रियाशिल सदस्यतालाई अगाडि बढाउनु पर्नेमा जोड दिएका उनले भने ‘निर्दलियताको समाप्ति संगै हामीले चाहेको जस्तो व्यवस्थामा सफल भयो या भएन त्यसमा निरन्तर समिक्षा गर्नुपर्छ ।’
त्यस्तै वरिष्ठ कलाकार तथा नेपाल सास्कृतिक संघको महामन्त्री दुर्गा रायमाझीले नेपाली कंग्रेसले सहयोगी हातहरूलाई कम महत्व दिईरहेको आफुले गहिरोसँग महसुस गरेको गुनासो गरे ।
उनले भने, ‘तितो अनुभव हामीसँग छ । आज देशमा नेपाली कांग्रेसका दुई उम्मेदवार भएका ठाउँ तनहु र चितवनमा कलाकारको अत्यन्त आवश्यक छ । तर कलाकारको प्रस्तुती राख्ने महसुस पार्टीले गरेको छैन ।’
त्यस्तै संघका पूर्व अध्यक्ष डिवी गुरुङ्गले कलाकारहरुले प्रजातन्त्र प्राप्तिको लागि धेरै समस्या झेलेको भन्दै पार्टीले कलाकारलाई बुझन नसकेको गुनासो गरेका गरे ।
उनले भने, ‘नेपाल साँस्कृतिक कलाकर्र्मी संघ एउटा विशुद्ध श्रम जिवी कलाकारको हक हितको लागी स्थापना भएको हो र कलाकारको हक हितको लागी लडिरहेका छौ । हामीले नयाँ नेतृत्व सौहार्दपूर्ण वातावरणले सर्वसम्मतबाट चयन गरेका छौ। कलाकारको हितमा कलाकारहरुको पक्षमा आवाज उठाउने छौ ।
त्यस्तै अन्य सहभागीहरुले श्रम क्षेत्रका श्रमिकहरुलाई नेपाली कांग्रेसले साथ दियो भने अगाडि बढाउन सकिने बताएका छन् । ट्रेड युनियनका विभिन्न गतिविधि गोष्ठी, सेमिनार, देश विदेश नेपाल सांस्कृतिक कलाकर्मी संघलाई सहभागी गराएर गीत संगीत मार्फत जनमानसमा श्रमिकहरुको हक अधिकारसहित आवाज पु¥याउन सकिने बताए ।






















