CG Electronics
IME Life
NIMB

उमेशलालले भने, ‘म पहलमान होइन हलमानको रुपमा अघि बढेको छु, मेरो जित सुनिश्चित छ’

NIMB
Himalayan Bank

 

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वातमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले आफु व्यवसायीको समस्यामा पहल गर्न वा आश्वासन दिन मात्रै नभई व्यवसायीका वास्तविक समस्या हल (समाधान) गर्न अधि बढेको भन्दै आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।

‘अहिले धेरै साथिहरुले व्यवसायीको समस्या सुनिरहेको छु वा समस्या समाधान गर्न पहल गरिरहेको छु भन्ने आश्वासन दिइरहनु भएको छ,’ निर्वाचन सम्बन्धी छलफल कार्यक्रममा उनले भने, ‘म उद्योगी व्यवसायीहरुलाई झुटा आश्वासन दिन्न र कुनै पनि समस्याको विषयमा पहल मात्रै होइन सम्बन्धित निकायमा पुर्याएर हल गर्नेछु ।’

पछिल्लो समय सकारले व्यवसायीका वास्तविक समस्याको विषयमा समेत सुनुवाई नगरेको भन्दै त्यसका लागि दरिलो महासंघ चाहिएको उनको तर्क थियो ।

‘मलाई अन्धो, बैरो र लंगडो महासंघ चाहिएको छैन,’ उनले भने, ‘महासंघ नेतृत्वले उद्योगी व्यवसायीको समस्या देख्ने, सुन्ने र समाधानका लागि सम्बन्धित निकायमा लिएर हिड्नसक्ने हुनुपर्छ ।’ अहिले महासंघमा उद्योगी व्यवसायीको समस्यालाई सरकारसँग निडर र निर्धक्क भएर राख्नसक्ने व्यक्तिको आवश्यकता भएको र उक्त व्यक्ति आफु भएको समेत उनको भनाई थियो ।

अहिले महासंघले प्रदेश, जिल्ला नगर, वस्तुगत संघ र एसोसिएट्स सदस्यहरुबीच समन्वय गरेर व्यवसायीका वास्तविक समस्या समाधान गर्न भन्दै जवसम्म जिल्ला नगर तथा वस्तुगतका साथिहरुले महासंघको केन्द्रिय नेतृत्वलाई गाली गर्ने अवस्था आइरहन्छ तबसम्म महासंघ सुधार भएको नमानिने समेत उनको दावी थियो ।

अहिले महासंघको पुरानो गरिमामा आच आएको भन्दै आफुलाई वरिष्ठ उपाध्यक्षमा जिताएर पठाएको अवस्थामा उक्त गरिमालाई उच्च बनाउँदै सम्मानित व्यवसायी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘राज्यलाई सबैभन्दा बढी योगदान दिँदै आएको हामी निजी क्षेत्रलाई हेर्ने नजर एकदमै गलत छ भने जाजय माग राख्दा पनि सरकारले सुनुवाई गरिहेको छैन,’ उनले भने, ‘हामीले राज्यसँग माग्ने होइन देशको अर्थतन्त्र सुधारका लागि राज्यले हामीसँग सल्लाह सुझाव माग्न आउने अवस्था बनाउने छु ।’ उक्त सुधारको लागि महासंघको आसन्न निर्वातमा आफुलाई वरिष्ठ उपाध्यक्षमा जिताएर पठाउन समेत उनले उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।

महासंघको निर्वाचनमा सबैभन्दा बढी मतभार जिल्ला तथा नगरको रहन्छ भने कम मतमा बढी भार भएका कारण वस्तुगत संघलाई पनि बढी महत्व दिईदै आएको छ ।

लामो समय भ्रमणगरी जिल्लाका समस्याहरुलाई नजिकसँग बुझेको र वस्तुगत संघमा आफुनै लामो समयदेखि रहँदै आएका कारण सो क्षेत्रको आफुलाई बढी मत आउने उनको जानकारी दिए । यस्तै भर्खरै सम्पन्न महासंघको प्रदेश निर्वाचनमा पनि उमेशलाल समुहका व्यवसायीहरु अध्यक्षमा निर्वाचित भएका थिए ।

 

नवनिर्वाचित प्रदेश अध्यक्षहरुको केन्द्रिय निर्वाचनमा ठूलो भुमिका रहने भएकाले पनि पहिले चरणमै उनले जित्नसक्ने सम्भावना उच्च रहेको सम्बद्ध उद्योगी व्यवसायीहरु बताउँछन् ।

यस्तै एसोसिएट्मा पनि उनको समुहबाट महासंघको आगामी अध्यक्ष चन्द्रप्रसाद ढकालले समर्थन गरेको भरतराज आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिएकाले अन्य प्रतिस्पर्धीतको तुलनामा उमेशलला वलियो रहेको सम्बद्ध व्यवसायीहरुको विश्लेषण रहेको छ ।

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...