CG Electronics
IME Life
NIMB

बसन्त ऋतूको आगमनसँगै काठमाडौंमा बढ्यो हरियाली

NIMB
Himalayan Bank

 

काठमाडौं । बसन्त ऋतूको आगमनसँगै काठमाडौं उपत्यकामा हरियाली बढेको छ । रोडको साईट र खोलाको छेउमा रोपिएका फूलहरुले पनि बसन्त ऋतुको यो मौसममा काठमाडौंलाई हरियालीपूर्ण बनाएको छ ।

काठमाडौंका शंखमूल, मिनभवन, रत्पार्क, माईतिघर, वानेश्वर जस्ता ठाँउहरुमा रहेका विभिन्न प्रकारका फूल र रुखहरुले काठमाडौंको स्वभा अझै बढाएको छ ।

पार्कहरुमा लगाईएका फूलका वास्ना र वर्षापश्चातको स्वच्छ हावाले यसमा अझै सुन्दरता थप्ने काम गरेको छ ।
काठमाडौं उपत्यका देशको राजधानी भएको हिसाबले यहाँ रोजगारी र शिक्षाको लागि धेरै मानिसहरु आउने गर्दछन् जसको चापका कारण काठमाडौंको वातावरण दूषित भएको थियो तर वसन्त ऋतुको आगमनले धूलो धुवाले भरिएको काठमाडौं सहरले स्वच्छ हावा लिने मौका पाएको छ ।

उपत्यकामा वर्षापश्चातको मौसम एकदम स्वच्छ र सफा भएको छ, खुला आकाश, सफा हावा, हरियाली र मनमोहक फूल र त्यसका वास्नाहरुले काठमाडौंलाई एउटा नयाँ पहिचान दिएको छ ।

हामीले देखि रहने सहरभन्दा केही फरक भएको छ काठमाडौं, यहाँका वासिन्दाहरुले पनि धूवा धूलो मात्र होईन स्वच्छ हावामा रमाउने मौका पाएको छ । यो मौसम मानिसको लागि पनि एकदमै खुसिको मौसम हो ।

निलो आकाश, हरियो वनजङ्गल र त्यसमा रमाई रहेका पन्क्षीहरुलाई देख्दा मनमा एकप्रकारको शान्ति छाउने गर्दछ जुन अहिलेको समयमा मानिसको लागि एकदमै आवश्यक छ । काममा व्यस्त भएको मानिस र सहर दुवैको लागि आनन्दको वातावरण भनेको नै यही मौसम हो ।

वसन्त ऋतुको आगमनले मनमा एक प्रकारको शान्ति छाएका र वातावरण पनि स्वच्छ हुदैँ गएको सर्वसाधारण अरुन यादवको धारणा छ ।

यसैगरि काठमाडौं क्षेत्रभित्र भइरहेको वृक्ष रोपण कार्यले काठमाडौंको सुन्दरमालाई बढाउनुको साथै स्वच्छ हावा दिएको जस्तो लागेको पनि उनको भनाई छ ।

पार्कमा रिल्यास गर्न र शान्त वातावरण खोज्न आएको हो । काठमाडौंमा बढ्दै गएको वृक्ष रोपणले वातावरण कम प्रदुसण भएको जस्तो लाग्छ । यसले एकदम हर्ष उल्लास महसुस भईरहेको छ ।

यस्तो खालको वातावरणले शारिकि र मानसिक शान्ति दिने गर्दछ । यस्तै अर्का सर्वसाधारण दिप्स साहले भने वर्षापछि वातावरणमा केही सहजता आएको महसुस भएको बताईन् ।

उनको हिसाबमा काठमाडौंका अबको पुस्ताले हरियाली नै देख्न नपाउने होकी भन्ने डर थियो तर हरियाली र स्वच्छ हावाको आवश्यकतालाई बुझेर वृक्षा रोपणमा चासो दिएकोमा खुसि लागेको बताएकी छिन् ।

वास्तवमा भन्नु पर्दा काठमाडौं कङ्क्रिडको जङ्गलमा परिनत हुदैँ गएको अवस्था नै थियो, खालि जग्गा र बोटविरुवा हेर्न उपत्यका बाहिर जानु पर्ने अवस्था थियो तर अहिले भने काठमाडौं हारयाली युक्त भएको छ ।

काठमाडौंमा हरियाली एकदम विनास हुदै गएको र सबै सिमेन्ड मात्र भईरहेको अवस्थामा साचैँ भन्नु पर्दा बालबालिकाले बोटविरुवानै देख्न नपायलान् भन्ने अवस्था छ । हामीलाई वातावरण र स्वच्छताको हिसाबले हारयाली चाहिन्छ । वसन्त ऋतु र हारयाली युक्त काठमाडौ मन नपराउने त सायदै कोही होलान् । राम्रो लाग्छ खुशी लाग्छ ।

वसन्तको आगमनले ल्याएको हरियालीले मनमा भएका चिन्ताहरु हराउने र एकप्रकारको शान्ति छाउने हुनाले पनि पार्कतिर घुम्न आउने गरेको दिपिका पौडेल बताउँछिन् ।

शान्त वातावरण र हरियाली भएको छ, पानी परेपछि वातावरण स्वच्छ भएको छ, राम्रै भएको छ वातावरण परिवर्तन भएर । राम्रो लाग्छ खुशी लाग्छ । बस्ने योग्य बनोस् भन्ने इच्छा छ । वसन्त ऋतुको आगमनमा फुलहरु फुलिरहेको छ । रुखहरु पनि हारियाली भएको छ त्यसैले राम्रो लागि रहेको छ ।

काठमाडौंमा मात्र होईन देशका विभिन्न स्थानमा पनि पानी परेसँगै वातावरण सफा हुदैँ गएको छ । यो वसन्त ऋतुको आगमनको हो, वसन्त ऋतु भनेको बोटविरुवामा नयाँ पालुवा पलाउनुको साथै फूल फूल्ने र फल लाग्ने समय हो । यो समयमा प्रकृतिले आफ्नो सबैभन्दा सुन्दर रुप देखाउछ ।

नयाँ पालुवा पलाउनुको साथै मन नै लोभ्याउने गरी जताततै हरियाली हुन्छ । फूलहरु फुल्छन्, हिउँ पग्लन थाल्छ ।
वसन्त ऋतुको दृश्य पूरै वर्षको सबैभन्दा मनमोहक दृश्य हो, पहिले हाम्रा घरहरुको आँगनमा फूलको बास्ना र बगैंचाहरुमा कोइलीको मनमोहक आवाजलाई वसन्त आरम्भको संकेत मानिन्थ्यो तर अहिले काठमाडौंमा सहरीकरणको सुरुवात हुनुको साथै प्राकृतिकमा प्रभाव परेको देखिन्छ ।

परिवर्तन भएको छ तर त्यो परिवर्तन पहिलाको जस्तो मनमोहक छैन्, साथै प्रकृति दोहोनको कारणले चराचुरुङ्हिरुको अभाव हुदैँ गएको छ ।

सहरीकरण हुनुभन्दा पहिलाको वसन्त ऋतु आउनको लागि पहिलाको जस्तै हरियाली वनजङ्गलको संरक्षण गर्नु आवश्यक हुन्छ । जब हाम्रा नदीहरु निर्मल भएर अविरल बग्छ तब वसन्त ऋतु आएको महसुस हुन्छ ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...