CG Electronics
IME Life
NIMB

अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा माननीय अर्थ मन्त्रीसंग छलफल

NIMB
Himalayan Bank

 

 

काठमाडौं । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री प्रकाशशरण महतसंग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेको छ ।

सो छलफलको क्रममा अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरणगरी सोही अनुरुप नीतिहरुको निर्माण भईरहेको गुनासो गर्दे सवारी साधनहरुलाई सो बर्गिकरणबाट हटाउन आग्रह गर्नु भयो ।

सोही क्रममा अध्यक्ष थापाले अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने भन्दै भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरु आम सर्वसाधरण जनताले प्रयोग गर्ने र त्यसले उसको दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकोले त्यस किसिमका भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउनु आग्रह गर्नु भयो ।

त्यसै क्रममा अध्यक्ष थापाले अहिले अटोमोइल स्पेयर पार्टसको चोरी पैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजश्व पनि बढने सुझाव दिनु भयो ।

सो छलफलको क्रममा मन्त्री महतले आफु धेरै अपठयारो परिस्थितिमा आएको बताउनु हुदै अटोमोवाइल व्यवसायीहरुको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसंग सल्लाह गर्ने, कुन कुन विषयहरुमा अटोमोवाइल व्यवसायीहरुलाई समस्या परेको छ त्यसबारे आउदो बजेट सुझावमा समावेशगरी पठाई दिन आग्रह गर्दे त्यसको समुचित समाधानका लागि प्रयाश गरिने आश्वासन दिनु भयो ।

सोही भेटघाटको क्रममा मन्त्री महतले अव अटोमोवाइल व्यवसायीहरुले विद्युतिय सवारी साधनहरुको उत्पादन र विक्रीमा यथोचित ध्यान दिनका लागि आग्रह समेत गर्नु भएको सन्दर्भमा अध्यक्ष थापाले विद्युतिय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गर्नू भयो ।

त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सार्वजनिक महत्वका सवारी तथा ढुवानीका सवारी साधनहरु डिजेलबाट चल्ने र हाल डिजेलको भाउ उच्च विन्दुमा पुगेको कारण त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव बजारमा परेकोले डिजेलबाट चल्ने सवारी तथा ढुवानीका साधनहरुमा लाग्ने महशुल घटाउन आग्रह गर्नु भयो ।

उक्त भेटघाट तथा छलफलमा नाडाका सचिव विक्रम सिंहानिया सहकोषाध्यक्ष पंकज अग्रवाल, सुदुर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्य समिति सदस्य पुष्कर ओझा, केन्द्रिय कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छा समेतको उपस्थिति रहेको थियो ।

 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

चिनियाँ राष्ट्रपतिको आधिकारिक सवारीका रूपमा परिचित ब्रान्ड BAIC अब Laxmi Group मार्फत नेपालमा औपचारिक रूपमा सार्वजनिक हुँदै

चिनियाँ राष्ट्रपतिको आधिकारिक सवारीका रूपमा परिचित ब्रान्ड...

वि.सं.२०८३ असार ३० मंगलवार ०९:३०

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको आधिकारिक सवारीका रूपमा विश्वव्यापी रूपमा...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको उज्ज्वल भविष्य निर्माणतर्फ हुन्डाई नेपालको अर्थपूर्ण पहल

‘हुन्डाई नेक्स्ट जेन कप’ सम्पन्न, नेपाली फुटबलको...

वि.सं.२०८३ असार २९ सोमवार ११:५२

काठमाडौं। नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एजी–१०...