CG Electronics
IME Life
NIMB

बागमतीको विजोग : २८ वर्षमा १७ अर्व खर्च तर, नदीको रुप फेरिएन

NIMB
Himalayan Bank

 

प्रमिला कार्की ÷नेपाल न्यूज बैंक
काठमाडौं । बागमती नदी मात्र नभइ सभ्यता र संस्कृतिको मुहान पनि हो ।

नेपालको सन्दर्भमा नदी मानिसको जीवनको आधार मात्र नभइ आध्यात्मिक साइनो जोडिएको ‘गंगा’ पनि हो ।

बागमती सभ्यता र उपत्यकाको संस्कृतिको मुहान मानिएको बागमती नदी विगत ४ दशकदेखि दुषित मात्र नभइ दुर्गन्धित पनि छ । यस्लाई पुर्नजीवन दिन भएका धेरै प्रयासहरु यही बागमतीको गन्हाउने पानीमा बगिरहेका छन् ।

गैरसरकारी प्रयास स्वरुप सुरु भएको बागमती सरसफाई अभियानले पाँच सय १६ औं हप्ता पूरा गरिसकेको छ । २०७० साल जेठ ५ गते बाट सुरु भएको अभियानसँगै २०५२ सालमा ‘स्थापना भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २८ बर्षमा १७ अर्ब रकम बागमतीमा बगाइसकेको छ ।

तर बागमतीमा फोहोर भने उस्तै नै छ । बागमतीमा रहेको फोहोरले उपत्यकावासीको स्वास्थ्यमा मात्र नभएर मानसिक रुपमा पनि ठूलो असर परेको छ ।

हप्ताको दुई घण्टा गरेको स्वयमसेवाले हप्ताभर लाखौले फालेको फोहोरलाई व्यवस्थापन गर्न नसकिने अभियन्ता डा।माला खरेल निक्र्यौल छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती सरसफाई गर्नको स्थापना भएको २८ औं वर्ष भइसक्दा पनि सोचेअनुरुप काम गर्न नसकेको उनको गुनासो छ ।

उनले भनिन्,‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बागमती सरसफाई गर्नको लागि नै सुरु भएको तर २८ औं वर्ष भईसक्यो तर सोचेअनुरुप यसले जुन रिजल्ट दिनु पर्ने त्यो भएको छैन । हाम्रो अभियानले हप्ताको दुई घण्टा स्वयमसेवा भनेर सफा गर्छौं त्यसले मानिसमा जनचेतना दिने मात्र हो हप्ता दिनभर लाखौले फालेको फोहोर टिपेर सकिँदैन ।’

काठमाडौं महानगरपालिका, सरकारी निकायसँग,स्थानीय तहले यस विषयमा चासो नदेखाएको र अभियानसँग समन्वय नहुँदा बागमतीमा सफा पानी नबगेको उनको दाबी छ ।

उनले भनिन्,‘फोहार फाल्न हुँदैन भन्ने जानकारी भएर पनि त्यहि गरिरहेका छन् यसमा काठमाडौं महानगरपालिका ,स्थानीय तहको पनि चासो हुन पर्ने हो हामीसँग समन्वय गर्नुपर्ने तर गरेको छैन् फोहोर गर्नेलाई जरिवाना दण्ड गर्ने व्यवस्था र सरकारी निकायसँग समन्वय नभएकोले यो अभियान सफल भएको छैन् ।’

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती लगायत नदी सफाइको अभियान चलाउदै आईरहेको छ । बिष्णुमती, धोवी खोला, मनहरा लगायत बागमतीका सहायक नदीमा पनि सरसफाई अभियान जारी छ । तर नदीको अवस्थामा भने कुनै सुधार आएको छैन् ।

यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता बीरेन्द्र थपलियाले बागमतीको सरसफाईलाई भनेर छुट्याएको रकम पनि प्रदेश सरकारले अन्य शीर्षकमा प्रयोग गरेकाले श्रोतको अभावले काममा ढिलाई भएकोे दावी गरे ।

उनले भने,‘श्रोतको व्यवस्थापनमा उपत्यकामा रहेको सबैबाट रजिष्ट्रेसन दस्तुरमा ०।५प्रतिशत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको श्रोतको लागि भनेर उठाएको त्यो कोषमा नआएर उपत्यकाको जथाभावी प्रदेश सरकारले अन्य शीर्षकमा प्रयोग गरेकाले श्रोतको पनि अभाव छ ।’

प्रवक्ता थपलियाले अहिले बागमती सरसफाईको ठूलो चुनौती भनेको काठमाडौं उपत्यकामा रहेको अव्यवस्थित बसोवास रहेको बताए । फोहोर व्यवस्थापन गर्ने दायित्व स्थानीय तहकै रहेकाले आफूहरु पूर्वधार निमार्ण गर्ने गरेर स्थानीय तहलाई हस्तान्तरण गर्ने काममा मात्र रहेको बताए ।

उनले भने,‘सबै भन्दा ठूलो काठमाडौं उपत्यकामा रहेको अव्यवस्थित बसोवास पहिलो नै चुनौती हो । र श्रोत अर्को चुनौती र जनचेतनाको अभाव जस्ता कुराको सम्बोधन गर्न नसक्दा कामहरु लम्बिएको हो र भनेको बेला प्रतिफल दिन नसकेको हो । फोहोर व्यवस्थापन गर्ने दायित्व स्थानीय तहकै हो । हामी सहयोगी हातमात्र हो । पूर्वधार निमार्ण गर्ने गरेर स्थानीय तहलाई हस्तान्तरण गर्ने मात्र काम हो हाम्रो ।’

यता काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अभियन्ताले आफ्नो उद्देश्यले काम गर्ने हुँदा महानगरपालिका सरकारी निकाय भएकाले सरकारी तवरबाट नै सरसफाईको काम गर्ने भएकोले अभियनन्ताहरुसँग समन्वय नगरेको प्रष्ट पारे ।

सरसफाईको लागि अनाधिकृत संरचना भत्काउँन खोज्दा कानून त्यसमा अवरोध बनेकोले बागमती सरसफाई अभियान अगाडि बढाउन नसकेको उनको दावी छ ।
उनले भने,‘अभियन्ताहरु आफ्नो उद्देश्य र दायित्वको साथ काम गरिरहेका छन् । तर हामीले यहाँ सरकारी निकायबाट नै काम गर्न खोजेका छौं ।’

आम नागरिकको चाहना अनुसार सरसफाई गर्न संरचना हटाउँनै पर्छ भनेर सूचना दिदा अदालतले रोक्न आदेश दिएकाले जनताको चाहनाको सम्बोधन हुन नसकेको पनि प्रवक्ता मानन्धरको भनाइ छ ।

उनले भने,‘हामी स्थानीय सरकार हो हामीले गर्नुपर्ने दायित्व अनुसारको अधिकार भित्र रहेर काम गर्न खाज्दै गर्दा कानून त्यसमा अवरोध भएकाले काम गर्न पाएका छैनौं ।’
बागमतीको पानीलाई स्वच्छ बनाउन काठमाडौं उपत्यकावासीबाट उत्सर्जित ढल मिसिन नदिन पाँच स्थानमा ढल प्रशोधन केन्द्र निर्माण गरिदैछ । गुहेश्वरी, सल्लाघारी, कोड्कु, सुन्दरीघाट र खोखनामा निर्माण हुने ढल प्रशोधन केन्द्र मध्ये गुहेश्वरीको प्रशोधन केन्द्रले मात्र पूर्णता पाएको छ । तर बाँकी प्रशोधन केन्द्र अझै बेखबर छन् ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...