CG Electronics
IME Life
NIMB

एसोसिएट्सबाट महासंघ केन्द्रिय सदस्यमा देशबन्धु वस्नेतको उम्मेवारी, यस्ता छन् व्यवसायिक हकहितका एजेण्डा

NIMB
Himalayan Bank

 

काठमाडौं । युवा उद्यमी देशबन्धु वस्नेत (अजित)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएट्स तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन् । हाल महासंघको केन्द्रिय सदस्य एवं द्धिराष्ट्रिय तथा एनआरएन फोरमका सभापति रहेका वस्नेतले आफ्नो अनुभवलाई आत्मसात गर्दै महासंघमा युवाको प्रतिनिधित्वको नयाँ आयाम थप्नका लागि पुन ःएसोसिएट तर्फबाट सदस्य पदमा उम्मेदवारी दिएको जानकारी दिएका छन् ।

नेपालमा पर्यटन र होटल व्यवसायमा आफ्नो लगानीलाई विस्तार गरेका युवा उद्यमी वस्नेतले वैदेशिक लगानी भित्र्याउन अहम भुमिका निर्वाह गर्दै आएका छन् । उनले द्धिराष्ट्रिय तथा एनआरएन फोरमको सभापति भएर काम गर्दा महासंघ इतिहासमै पहिलो पटक द्धिराष्ट्रिय संघका नेपालस्थित वाणिज्य दूतहरुलाई महासंघमा ल्याएर नेपालमा लगानीको सम्भावना बारे छलफल गराएका थिए भने गैर आवासीय नेपालीको लगानी भित्र्याउन समेत सम्बन्धित देशका प्रतिनिधिसँग छलफल गरेका थिए ।

“सक्षम निजी क्षेत्र समृद्व अर्थतन्त्र” को नारालाई अघि बढाएका उनले महासंघभित्र एसोसिएट्स सदस्यहरुको हकहित तथा उनीहरुबीच अन्तरसम्बादलाई थप दरिलो बनाउन सदस्य पदमा उम्मेदवारी दिएको बताएका छन् । ‘अहिलेको अवस्थामा देशभर रहेका सार्वजनिक र निजी क्षेत्रका अग्रणी एसोसिएटका समस्या र मुद्दालाई महासंघमा बहसको रुपमा स्थान प्रदान गरी तार्किक निष्कर्ष पुर्याउनुपर्ने आवश्यक छ,’ उनले भने, ‘विभिन्न ४० भन्दा बढी क्षेत्रमा रहेका सार्वजनिक र निजी क्षेत्रका अग्रणी एसोसिएटलाई क्षेत्रगत समुहमा संगठित गरी विषय विज्ञसँग परामर्शमा व्यावसायिक हित र संरक्षण गर्न विशेष योजना तथा कार्यक्रमलाई अगाडी बढाउनेछु ।’

अहिलेको आर्थिक मन्दी तथा उच्च बैंक ब्याजदरका कारण अहिले धेरै उद्योगी व्यवसायीहरु मारमा परेको भन्दै आफु निर्वाचित भएर गएसँगै राष्ट्र बैंक र सरकारसँग वार्ताको टेवुलमा बसेर तत्काल समस्या समाधान गर्ने बताए । ‘अहिले अवस्थामा हाम्रो उद्योग व्यवसाय टिकाउनका लागि कर्जाको ब्याजदर तत्काल एकल अंकलमा ल्याउनुपर्छ,’ उनले भने, ‘यस्तै राष्ट्र बैंकको अब्यवहारिक नीतिका कारण बैंकहरुले आधारदरमा ६ प्रतशितसम्म प्रिमिय जोड्दै आएका छन् यसलाई बढीमा २ प्रतिशत कायम गरिनुपर्छ ।’

यस्तै उनले सार्वजनिक र निजी क्षेत्रका अग्रणी एसोसिएटले महासंघमा आर्थिक रुपमा हेर्ने हो भनी ७० प्रतिशत हिस्सा ओगटेका जानकारी दिँदै सोही अनुरुप महासंघमा आपन्त्व र अधिकार प्रदान गर्नका लागि ‘एसोसिएटसँग महासंघ कार्यक्रमलाई अगाडी बढाईने समेत उनले बताए । सार्वजनिक र निजी क्षेत्रका एसोसिएटको आत्मसम्मानलाई उजागर गर्दै नेतृत्व गर्न तयार बनाउनका लागि गोष्ठी, लगानी मैत्री वातावरण तथा सरकारसँग व्यवसायीका समस्या राखेर समाधान गर्न सक्ने सक्षम महासंघ आजको आवश्कयता रहेको उनले जानकारी दिए ।

यस्तै आफु महासंघको नेतृत्वमा पुगेपछि निजीक्षेत्रमैत्री वातावरण तयारका साथै सार्वजनिक र निजी क्षेत्रका अग्रणी एसोसिएटलाई प्रदेश जिल्ला नगर र क्षेत्रगत रुपमा एकीकृत गरी नीति निर्माण तहमा पुर्याउन समन्वय गर्ने समेत उनले जानकारी दिए । साथै अहिले आर्थिक संकटबाट गुज्रिएको अवस्थालाई सरकार सहकारी र निजी क्षेत्र गरी राष्ट्रको ३ खम्बे अर्थनीतिमा निजी क्षेत्रको महत्व र भुमिकालाई प्रभावकारी बनाउन आवश्यक रहेको समेत उनको तर्क छ । सवल नेतृत्व सक्षम निजी क्षेत्र बनाउन महासंघको आसन्न निर्वाचनमा आफुलाई मतदान गरी निर्वाचित गराउन समेत उनले आग्रह गरेका छन् ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...