CG Electronics
IME Life
NIMB

सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी बैशाख २२ देखि आयोजना हुँदै

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सातौ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० यही वैशाख २२, २३ र २४ गते हुने भएको छ ।
आज नेपाल उद्योग परिसंघको कार्यालयमा पत्रकार सम्मेलनगर्दै आयोजकले चितवन प्रदर्शनी केन्द्र, भरतपुर, चितवनमा प्रर्दशनी आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

चितवन उद्योग संघले, केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको विशेष सहयोग, मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्यूचर्स ट्रेड फेर एण्ड इभेन्टस्को व्यवस्थापकीय साझेदारीमा उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको जनाएको छ ।

प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्टिङ प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड वेभरेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादन र सेवाका स्टलहरु रहने आयोजकले जनाएको छ ।
प्रदर्शनी प्रविधिको ज्ञान अभिवृद्धी गर्न र व्यवसायिक सम्बन्ध स्थापित गरी स्वदेशी औद्योगिक उत्पादनको अन्तराष्ट्रिय बजारीकरणमा पहुँच पुयाउन महत्वपूर्ण अवसर हुने आयोजकको विश्वास छ ।

सोमबार नेपाल उद्योग परिसंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीबारे विस्तृत जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा उद्योगी व्यवसायीहरुको मनोबल बढाउनुुपर्ने खाँचो रहेको बताउनुभयो । कठिन परिस्थितीमा समेत चितवन उद्योग संघले गर्ने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीले उद्योगी व्यवसायीलाई सकारात्मक सन्देश दिने उहाँले बताउनुभयो ।

प्रदर्शनी आयोजक चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रर्दशनी नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादन र सेवाका प्रदर्शनी हुने उहाँले जानकारी गराउनुभयो । यी उद्योगहरुलाई उपयोगी हुने आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने छन् ।

निःशुल्क प्रवेशको व्यवस्था हुने यस प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरु विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरु औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्तिहरु, व्यवसायिक उत्पादकहरु, नेपाली उद्योगहरुका सञ्चालकहरु, लगानीकर्ताहरु तथा उच्च व्यवस्थापकहरु, उद्यमीका व्यवसायिक परामर्शदाताहरु, वित्तिय सेवा प्रदायकहरु, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिहरु, तीनै तहका सरकारका नीति निर्माताहरु, उच्च पदस्थ अधिकारीहरु, उद्योगीका छाता संस्थाका प्रतिनिधिलगायतले अवलोकन गर्ने छन् ।

उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्ने महत्वपूर्ण अवसरको रुपमा रहने यस अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूकाबीच प्रत्यक्ष भेटघाट तथा छलफल हुन गई ब्राण्डिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग, प्रक्रियाका सम्बन्धमा अनुभव आदान प्रदानमार्फत ज्ञान अभिवृद्धि गर्न तथा सुमधुर व्यवसायिक सम्बन्ध स्थापित गरी स्वदेशी औद्योगिक उत्पादनको अन्तराष्ट्रिय बजारीकरणमा पहुँच पु¥याउन महत्वपूर्ण अवसर प्राप्त हुने अध्यक्ष कँडेलले बताउनुभयो ।

तीन दिने औद्योगिक प्रदर्शनीमा औद्योगिक प्रबद्र्वनका लागि विषय विज्ञको उपस्थितिमा अन्तरक्रिया आयोजना गरिनेछ । यसले औद्योगीकिकरणका लागि विश्वमा नै सफल र उत्कृष्ट ठहरीएका प्रविधिहरुसँंग साक्षात्कारको अवसर सहित अनुसरणका लागि उत्प्रेरणा मिल्ने छ । प्रदर्शनीमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा नेपाल सरकारको औद्योगिक नीति, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसरहरुका विषय, नेपाल उद्योग परिसंघको तर्फबाट मेक इन नेपाल स्वदेशी अभियानका विषयमा गोष्ठी तथा सेमिनार आयोजना गरिनेछ । तसर्थ, यस प्रदर्शनी सरकारका औद्योगिक नीति तथा कार्यक्रमहरु लक्षित उद्योगीहरुसम्म पु¥याउने उपयुक्त अवसरको रुपमा समेत रहने आयोजकको विश्वास रहेको छ ।

प्रदर्शनी अवधिमा चितवन तथा नवलपुर क्षेत्रका होटल, पर्यटन तथा यातायात व्यवसाय पूर्ण रुपमा चलायमान हुन गइ आर्थिक कारोबार समेत बढ्न जाने हुँदा वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउन समेत सहयोग पुग्ने हाम्रो विश्वास रहेको छ । सातवटै प्रदेशको पहिचान झल्कने गरी औद्योगिक उत्पादनको स्टल राखिने योजना रहेको यस प्रर्दशनीलाई सफल बनाउनका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र ,बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, घरेलु तथा साना उद्योग महासंघ, चितवन तथा छिमेकी जिल्लाका स्थानीय पालिकाहरु लगायत उद्योगीका विभिन्न छाता संस्थाहरुको सहयोगीे भूमिका रहेको छ ।

आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदान प्रदानमार्फत उद्यमशिलताको विकासमा सहयोगी हुने अवसरका रुपमा लिइएको यस प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना साना औजार, मेशिनदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरुबाट लाइभ प्रोडक्सन समेत गरिने भएकोले नेपालको औद्योगिक विकासमा सहयोग पु¥याउन यस प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजकको विश्वास छ ।

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

मोक्सी काठमाडौंमा डेभिड मेरियटको अविस्मरणीय भ्रमण

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:०५

काठमाडौं, नेपाल – ८ जुन २०२६ – हालै होटल भ्रमणका...

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी :...

वि.सं.२०८३ जेठ २८ बिहीवार ०९:४७

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को...

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा नियन्त्रण : ८ करोडको क्षति

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा...

वि.सं.२०८३ जेठ २७ बुधवार १४:०९

  काठमाडौँ जिल्ला टोखा नगरपालिका– ५, बसुन्धारा स्थित सिद्ध बाबा...

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक

तामाङ संस्कृति र जीवनशैलीको दुर्लभ दस्तावेज ‘तामाङ...

वि.सं.२०८३ जेठ २६ मंगलवार २२:०७

  काठमाडौँ । अस्ट्रियाकी सांस्कृतिक तथा सामाजिक मानवशास्त्री डा. गाब्रिएले...

आर्थिक विधेयकको त्रुटि सच्याउने अभ्यास नियमित, ईभी आयातमा सूचना चुहावटको आरोप निराधार : अर्थमन्त्रीका सल्लाहकार

आर्थिक विधेयकको त्रुटि सच्याउने अभ्यास नियमित, ईभी...

वि.सं.२०८३ जेठ २६ मंगलवार २१:१८

काठमाडौं, असार २६ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका स्वकीय उपसचिव...

उन्नति र मेरियट बिजनेस काउन्सिलबीच नेपाली मौलिक उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्न सहमती

उन्नति र मेरियट बिजनेस काउन्सिलबीच नेपाली मौलिक...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:४९

  काठमाडौं । नेपालको परम्परागत सीप, महिला उद्यमशीलता तथा स्थानीय...