जापान ओपन तेक्वान्दोमा अशोकलाई रजत, नन्दले जिते काँस्य
Saturday Apr 22, 2023
वि.सं.२०८० वैशाख ९ शनिवार १८:१०
काठमाडौँ । नेपालका अशोक खड्काले शनिबार जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् ।
जापानको ओसाकामा भएको प्रतियोगितामा अशोकले पुरुष ४० वर्ष मुनिको ब्लयाकबेल्ट समूहअन्तर्गत पुम्सेतर्फ ६।२७ अङक बनाएर दोस्रो स्थान हात पारेका हुन् ।
नेपालकै अर्का खेलाडी नन्द विष्टले काँस्य पदक जिते । उनले ६।१० अङ्क बनाएका थिए । सो समूहमा कम्बोडियाका खेलाडीले स्वर्ण पदक जितेका हुन् ।
सो प्रतियोगितामा अशोकले अब आइतबारदेखि सुरु हुने ग्यारोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । अशोकबाहेक रवीन्द्र मल्ल पनि जापान ओपनमा निर्णायकको जिम्मेवारीमा छन् ।
























