CG Electronics
IME Life
NIMB

सडकमा अराजकता : जरिवानाबाट एकै आर्थिक बर्षमा ४८ करोड बढी राजश्व

NIMB
Himalayan Bank

 

(प्रमिला कार्कीरनेपाल न्यूज बैंक)

काठमाडौँ । बढ्दो सवारी साधनले काठमाडौं उपत्यकाका सडकहरु साँघुरो बन्दै गएका छन् । ट्राफिक जामले उपत्यकाको परिचयमा बदनामी पनि थप्दै छ । त्यसमाथि चालकहरुले जथाभावी सवारी चलाउँदा ट्राफिक व्यवस्थापनमा भद्रगोल पनि थपिदो छ । सवारी नियम उल्लघंन गर्नेहरुबाट आर्थिक बर्ष २०७९/८० को हालसम्म ४८ करोड बढी राजश्व संकलन हुँदा सडकमा बढ्दो अनुशासनहिनतालाई यस्ले पनि पुष्टि गरेको छ ।

काठमाडौं उपत्यकामा सवारी साधनको चाप धेरै छ । बढ्दो सवारीको चाप थेग्न उपत्यकाका सडकलाई मात्र नभइ ट्राफिक प्रहरीलाई पनि हम्मे हम्मे परेको छ । सवारी साधनहरु अनुशासनमा भित्र रहेर सञ्चालन गरेको खण्डमा मात्र पनि ट्राफिक व्यवस्थापनमा सहजता थपिन्छ ।

तर सडकमा अराजकता र अनुशासनहिनता बढ्दा त्यस्ले दुर्घटनाको जोखिममात्र बढाएको छैन् । ट्राफिक व्यवस्थापनलाई झनै भद्रगोल बनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, नियमावली, २०५४ तथा यातायात व्यवस्थापन कार्यविधि, २०६० (संशोधित)बमोजिम कारवाहीमा पर्ने चालकहरुको संख्या निरन्तर बढ्दो छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता राजेन्द्रप्रसाद भट्ट चालकले सवारी नियम उल्लंघन गर्ने र लापरवाहीका साथ सवारी चलाउने कारणले ट्राफिक व्यवस्थापनमा समस्या आइरहेको बताउँछन् ।

उनले भने, ‘उपत्यकामा सवारी साधनको चाप धेरै छ । सबैभन्दा मुख्य समस्या भनेको चालकले सवारी नियम उल्लङ्घन गर्ने र लापरवाही साथ सवारी चलाउने कारणले ट्राफिक व्यवस्थापनमा समस्या आइरहेको छ ।

धेरै जसो चाहिँ रोक्न नहुने ठाउँमा सवारी साधन रोक्ने, सडक पेटीमा पार्किङ गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, ओभर स्पिडमा सवारी साधन चलाउने, नियम अनुशासनको पालना नगर्ने लगायतका कस्तुरहरु बढी हुने गरेको छ । ’

प्रवक्ता भट्टले आर्थिक बर्ष २०७९÷८० को अहिलेसम्म मात्र जरिवानाबाट ४८ करोड ५० लाख ६८ हजार ८ सय २६ रुपैयाँ राजश्व संकलन भएको जानकारी दिए । ट्राफिकले जरिवाना उठाउँनका लागि जबरजस्ती कारवाही गर्छ भन्ने आरोप आइरहेको भन्दै आफूहरूको उद्देश्य चालकलाई ट्राफिक नियमको पालना गराएर, सडक दुर्घटना न्यूनीकरण गर्ने र सडक सुरक्षा बढाउने रहेको पनि उनको भनाई छ ।

उनले भने,‘हाम्रो ट्राफिक प्रहरीका उद्देश्य भनेको जरिवाना गराउने, राजस्व उठाउने होइन्, हामीले सडकमा सवारी नियम, ट्राफिक नियमको पालना गराउने हो र पालना नगर्ने चालकलाई कारबाही गर्ने क्रममा जरिवाना गर्ने हो । यो आर्थिक वर्षको अहिलेसम्म ६ लाख ४० हजार ४ सय ५४ जनालाई ट्राफिक नियम उल्लंघन गरेकोमा कारबाही गरेको छ र ४८ करोड बढी राजस्व उठेको छ । हाम्रो उद्देश्य राजस्व भन्दा पनि चालकलाई ट्राफिक नियमको पालना गराएर, सडक दुर्घटना न्यूनीकरण गर्ने र सडक सुरक्षा बढाउने हाम्रो उद्देश्य हो ।’

पछिल्लो समयमा दुर्घटनाको प्रवृति हेर्दा मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा धेरै दुर्घटना भएको देखिन्छ ।
प्रवक्ता भट्टले भने,‘दुर्घटनाको हिसाबले हेर्दा मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा हुने दुर्घटनाहरू एकदमै गम्भीर प्रकृतिको हुने र क्षति पनि बढी हुने कारणले गर्दा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमा पनि बढी फोकस गरेका छौ । र, तीव्र रुपमा सवारी साधन चलाउने, ओभर स्पिडमा सवारी साधन चलाउनेले पनि दुर्घटनाहरू बढी हुन्छ ।’

तर पछिल्लो समय केही सकारात्मक अवस्था पनि देखिएको ट्राफिक प्रहरीको भनाइ छ । सडकमा सवारीको जाममा पर्ने क्युमा धेरै लामो समय बस्न नपर्ने गरी सुुधार भएको प्रवक्ता भट्टको दावी छ ।

उनले भने, ‘सडकमा सवारीको जाममा पर्ने क्यु मा धेरै लामो समय बस्न पर्ने समस्याहरु पनि घटेको पाइएको छ । जुन सडकमा प्रत्यक्ष देख्न पाउँछौँ । विशेष गरी काठमाडौँ ट्राफिक कार्यालयले स्थानीय निकायहरूको समन्वयमा पार्किङ व्यवस्थापनमा एकदम फोकस गरेर काम गर्यो त्यसले गर्दा खेरी सडक पार्किङ र फुटपाथ पार्किङ गर्दा खेरी सडकमा सवारी साधनहरुको फ्लो सजिलो भएर पहिलेको तुलनामा जाम कम भएको अवस्था छ ।’

ट्राफिक नियम उल्लंघनको घट्नाहरु दोहोरिन दिनु भन्दा ट्राफिक नियम पालना गर्नु पर्छ भन्ने सचेतना जगाउन सके सडकका समस्या स्थायीरुपमा घट्दै जाने देखिन्छ ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...