योगदानमा आधारित सामाजिक सुरक्षाले श्रमिकलाई सम्वोधन गरेको छ : राष्ट्रिपति पौडेल
Monday May 01, 2023
वि.सं.२०८० वैशाख १८ सोमवार ०८:३७
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण भए मात्रै श्रमिक वर्ग लाभाविन्वत हुने बताएका छन् ।
विश्व मजदुर दिवसमा सुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रवाधनले नै मूर्तरुप लिनु पर्ने बताएका हुन् ।
सुभकामना सन्देशमार्फत उनले आर्थिक समृद्धि गर्न उद्यमशीलता विकास गर्न आवश्यक रहेको धारणा राखेका छन् । स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने अहिलेको अत्यावश्यकता रहेको उनको भनाई छ ।
त्यस्तै, श्रमिकको पेशागत मर्यादा प्रत्याभूति गराउन मुलुकको संविधानले सबै नागरिक तथा श्रमिक वर्गलाई उचित पारिश्रमिक र योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई सुनिश्चित गरेको उनले बताएका छन् ।
बिज्ञप्तीमा उनले भनेका छन्, ‘श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास मैले लिएको छु ।’
























