CG Electronics
IME Life
Ncell NPL

लम्पी स्किन रोगले इलाममा ३५७ गाई मरे, कोशी प्रदेशभर रोग फैलियो, सरकार अझै बेखबर

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

(प्रजिता तामाङ)
इलाम । पूर्वी इलामसहित कोशीका १४ वटै जिल्लामा गाईमा देखिने पक्स समूहको काप्रीपक्स भाइरसबाट हुने लम्पी स्किन रोग फैलिएको छ । यो रोग इलाममा रहेका १ लाख ४८ हजार ३ सय ९३ गाईहरुमा १३ हजार ५७ गाईहरु यो रोगबाट संक्रमित भइसकेका छन् । जसबाट ३५७ वटा गाई मरेका छन् । अहिले संक्रमणको दर पनि वढी रहेको छ भने गाईको मृत्यु दर पनि वढ्दो क्रममा रहेको छ ।

 

दुध उत्पादनमा मुलुककै अव्वल जिल्ला मानिएको इलाममा अहिले दूधको उत्पादनमा ४० प्रतिशतले कमि अएको छ । यसरी नै यो रोगको संक्रमण फैलिदै जाने हो भने कृषकहरुलाई हातमुख जोड्न समस्या हुने देखिन्छ ।

 

यसरी रोगबाट पूर्वी नेपालमा हजारौँ पुशु चौपायको मृत्यु भई सकेको छ तर सरकारको तर्फबाट कृषकलाई कुनै राहत कार्याक्रम घोषण भएको छैन । केही स्थानीय सरकारले यस रोग विरुद्ध खोप अभियान सुरु गरे पनि केन्द्रीय सरकार भने यो रोगको बारेमा अहिले सम्म बेखबर रहेको छ ।

 

इलाममा पनि यो रोग अहिले दशवटै पालिकामा पुगिसकेको छ । दूग्ध उत्पादनका लागि कोशी प्रदेशकै अगुवा जिल्लाको रूपमा रहेको इलाममा लम्पी रोगका कारण गाईको मृत्युको संख्या दिनानुदिन बढ्दो छ ।

 

यो रोगले किसानमा धेरै नोक्सानी पु¥याई सकेको छ तर स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले अहिले पशु सुरक्षकालागि कुनै पनि कदम नचालेको पशुपालक कृषकहरु वताउँछन् ।

अहिले इलाममा रोग गाउँभरी फैलिएको र गाउँपालिकाले पनि अहिले सम्म कुनै प्रकारको सहयोग नगरेको माइजोगमाई गाउँपालिकाकी किसान गीता पौडेल वताउँछिन् ।

बाइटः गीता पौडेल, किसान, माइजोगमाई गाउँपालिका

रोग बढेपछि इलाम नगरपालिकाले भने नगरका १२ वटै वडाका स्वास्थ्य पशुलाई लम्पी रोगविरुद्धको खोप अभियान सुरु गरेको नगर पालिकाका प्रवक्ता नुतनदेव दुलालले वताए ।
प्रवक्ता दुलालले भने, स्वास्थ्य पशुलाई लम्पी रोग लाग्न नदिनका लागि प्रयोग गरिएको लम्पी सिल्ड एन नामको खोप विश्वा खाद्य संगठन ९एफएओ०बाट समेत प्रमाणित भएको बताए । उनले भने, ‘यो खोपका बारेमा लेखिएका रिपोर्टहरूले पनि यो प्रभावकारी हुने देखाएको छ ।

बाइटः नुतनदेव दुलाल, प्रवक्ता, इलाम नगरपालिका
जोर्डनबाट झिकाएको लम्पी सिल्ड एन नामको खोप नगर क्षेत्रका १० हजार पशुमा दिने अभियान सुरु गरेको दुलालले बताए । गत वैशाख २० गते प्रमुख केदार थापाको अध्यक्षतामा बसेको नगरपालिकाको आकस्मिक बैठकले प्रमुख, उप–प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यसम्मको एक महिनाको सेवा सुविधा कटाएर खोप खरिद गर्ने निर्णय गरेको थियो ।

जिल्लाका ४ नगरपालिका र ६ वटा गाउँपालिकामा रोगको प्रकोप देखिएको र यो रोगको संक्रमणको रोकथाममा कार्यालय लागि रहेको र यो रोगको संक्रमण भएको पशुबाट उत्पादित दूध मानिसले खान मिल्ने भेटनेरी अस्पताल पशु विज्ञ केन्द्र झापा एवं सम्पर्क कार्यालय इलामका प्रमुख डा। राघवेन्द्र तिवारीले वताए ।

बाइटः डा।राघबेन्द्र तिवारी, प्रमुख,पशु विज्ञ केन्द्र, सम्पर्क कार्यालय इलाम
यो रोग भैंसीमा भन्दा गाईमा बढी देखिन्छ । गर्मी मौसममा टोक्ने झिंगा, डाँख, लामखुट्टे, किर्नाजस्ता किराहरूको संख्या बढी हुने तथा थप सक्रिय हुने सिनज बढेसँगै कोशी प्रदेशका १४ वटै जिल्लामा यो रोगको प्रकोप देखिएको छ ।

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...