कुमारी बैंक र क्वालिटी सोलुसन बीच सम्झौता
Wednesday May 17, 2023
वि.सं.२०८० जेठ ३ बुधवार ०९:५५
काठमाडौं । कुमारी बैंक र क्वालिटी सोलुसन प्रा। लि। बीच सम्झौता भएको छ । बैंक र सोलुसनबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो ।
सम्झौता अनुसार बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्ड वाहकहरुले क्वालिटी सोलुसनबाट विभिन्न क्षमताका उपकरण्हरु खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए।टि।एम। तथा ६२ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत सेवाका दिँदै आएको छ ।




























