CG Electronics
IME Life
NIMB

एनसेलले आईसीएसआईडी दायर गरेका मुद्दाको फैसला नेपाल सरकारको पक्षमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपालको निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटाले नेपाल सरकारविरुद्ध अन्तर्राष्ट्रिय विवाद समाधान केन्द्र (आईसीएसआईडी) मा दायर गरेको मुद्दामा पराजय भोगेको छ ।

एनसेलले नेपाल सरकारबाट ३ सय ४८ मिलियन अमेरिकी डलर लगभग ४६ अर्ब नेपाली रुपैयाँको क्षतिपूर्ति दाबी गर्दै २०७६ साल वैशाख आईसीएसआईडीमा मुद्दा दायर गरेको थियो । तर मुद्दामा नेपाल सरकारको पक्षमा फैसला भएको छ ।

विश्व बैंक मातहत रहेको आईसीएसआईडीले गठन गरेको मध्यस्थकर्ता समूहले मुद्दाको छिनाफानो गरेको हो ।

२०७२ साल चैतमा स्विडिस कम्पनी टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर स्वामित्वको रेनोल्ड होल्डिङ लिमिटेडको सम्पूर्ण स्वामित्व मलेसियन कम्पनी आजियाटालाई बिक्री गरेपछि विवाद सुरु भएको थियो । एनसेलको स्वामित्व परिवर्तनपछि नेपालले पाउनुपर्ने पुँजीगत लाभकरको विषयलाई लिएर विवाद सतहमा आएको थियो ।

यो घटना प्रतिनिधिसभाको संसदीय समितिदेखि सर्वोच्च अदालतसम्म पुगेको थियो । सर्वोच्चको आदेशपछि नेपाल सरकारलाई ४५ अर्ब ४३ करोड पुँजीगत लाभकर बुझाउन बाध्य भएको थियो ।

तर आजियाटा इन्भेस्टमेन्ट यूके लिमिटेड र एनसेल प्राइभेट लिमिटेडले द्विपक्षीय कर सम्झौता विपरीत हुने गरी पुँजीगत लाभकर असुलेको जिकिर गर्दै नेपाल सरकारबाट क्षतिपूर्तिको मागसहित आईसीएसआईडीमा मुद्दा दायर गरेको थियो ।

 

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...