CG Electronics
IME Life
NIMB

धितोपत्र ब्रोकरको नयाँ लाइसेन्स प्रक्रिया खुला गर्न अर्थ समितिले दियो निर्देशन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले धितोपत्रकक ब्रोकरको नयाँ लाइसेन्सको प्रक्रिया खुला गर्न निर्देशन दिएको छ ।

समितिको आजको बैठकले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति खुला गर्ने निर्देशन दिएको हो ।

धितोपत्र ब्रोकरको लाइसेन्स वितरण प्रक्रिया विवादमा परेपछि यस सम्बन्धमा छलफल गर्न अर्थ समितिले आज बैठक बोलाएको थियो ।


अर्थ समितिले गत जेठ २९ मा नयाँ ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको थियो । बैठकमा नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले बैठकले ब्रोकरहरुको नयाँ लाइसेन्सका लागि अनुमति खुल्ला गरिएको बताए ।

 


उनले भने ‘ समितिको मिति २०८० जेठ २९ गतेको निर्णयबाट स्थगन गरिएको धितोपत्र दलाल तथा धितोपत्र व्यापारी इजाजत प्रक्रिया सुचारु गर्न अर्थ मन्त्रालय मार्फत नेपाल धितापत्र बोर्ड र नेपाल स्टक एक्सेन्जलाई निर्देशन दिने मुख्य ऐजेण्डा यही हो ।

यस्तै धितोपत्र दलाल तथा धितोपत्र व्यापारीलाई अनुमति पत्र दिदाँ मापदण्ड पुगेको विषयमा अनुमति पत्र दिने निकायलाई सर्तक हुन अर्थमन्त्रालय मार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेन्जलाई निर्देशन दिने निर्णय भएको छ । ’


बैठकमा धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पहिलो पटक नेपालको सार्वजनिक निकायमा लाइसेन्स प्रक्रियाका लागि हेल्प डेक्स बनाएको बताए ।

उनले भने ‘ २०६४ को नियामावलीले नयाँ स्टक एक्सेन्जको संगठित संस्था बन्छ त्यसको सेयर लिने अधिकार केवल बैंक तथा वित्तीय संस्था र धितोपत्र बोर्डले मात्रै पाउने भनेको छ ।

अरु नेपालीको त हक नै नभएको जस्तो त्यो अहिले देशको अवश्यकता छ त्यसको लागि सबै नेपालीको समान अधिकार हुनुपर्ने कुरा राखेर निजी कम्पनीलाई पनि दिनुपर्छ बैंकलाई मात्र दिनुपर्छ भनेर लेख्नु हुदैँन् भनेर सच्चाइएको हो ।

अधिकार सबैको समान हुनुपर्छ, नियामावलीमा नै यसले पाउने भनेर तोक्नु न्यायोचित हुदैँन् । त्यो सच्चाउनु पर्छ । ’

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...