CG Electronics
IME Life
NIMB

४० प्रतिशत डाउन पेमेन्टमा सामसङ फोन किन्न सकिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले, इन्स्टा फाइनान्स सुविधा प्रविधिको बजारीकरणका लागि एउटा आधार स्तम्भ बन्न सक्ने बताएका छन् ।

काठमाडौंमा सामसङ मोवाईलका लागि इन्स्टा फाइनान्सको सुविधाको औपचारिक शुभारम्भ कार्यक्रममा उनले छिटो र सहजै फाइनान्स सुविधामा फोन खरिद गर्न किने यो सेवाले प्रविधि प्रयोग गर्न चाहानेलाई ठुलो राहत दिने बताए ।

उनले कुनैपनि विकसित देशमा ५० प्रतिशत भन्दाबढी कारोबार कन्जुमिङ फाइनान्सबाट हुने भएपनि नेपालमा त्यसो हुन नसकेको भन्दै इन्स्टा फाइनान्स त्यसका लागि आधार बन्न सक्ने जिकिर गरे ।

‘जो व्यक्तिहरु आफ्नो लाईफलाई अपग्रेट गर्न चाहान्छन् मोवाईल फोन नभएर आज प्रडक्टिभिटी हुन सक्दैन् प्रडक्टिभिटीको लागि राम्रो मोवाईल फोन चाहिन्छ र धेरैमा यो देखेका छौ एफोर्टिविलीटी एउटा कोइच्नमार्क दखिन्छ ।’ उनले भने ‘त्यसैले गर्दा मलाई लाग्छ यो ऐतिहासिक दिन हो ।

यो सबै नेपालको जसले आफ्नो लाईफलाई अपग्रट गर्न चाहान्छन बढी इफिसेन्ट बनाउन चाहान्छन् बढी प्रडक्टीभ बनाउन चाहान्छन् उनीहरुको लागि एउटा राम्रो अर्पचुनिटी हो जस्तो मलाई लाग्छ इन्टा फाइनान्सले । मोवाईल फोन विना प्रडक्टिभिटी हुन सक्दैन् ।’

त्यस्तै आइएमएस गु्रपका अध्यक्ष दिपक मल्होत्राले, यो सुविधाले मोबाईल जगतमा फड्को मार्ने बताए । उनले भने ‘मलाई लाग्छ पुरानै लयमा फर्किने क्रममा छौं ।’ उनले बैंकबाट लोन लिने समस्या पनि विस्तारै समाधान हुदै जाने विश्वास व्यक्त गरे ।

सामसङका निर्देशक प्रणयरत्न स्थापितले आफूहरुले ग्राहकलाई सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउने प्रयास गरेको बताए ।

‘ग्राहकको लागि सर्वसुलव रुपमा आर्थिक सुविधा उपलब्ध गराउने हाम्रो प्रयास हो । यस अन्तरगत २५ हजार भन्दा माथिको सामसङ फोनको लागि यो सुविधा दिएका छौं ।

ग्राहकले गएर आवश्यक कागजात लगेर एक घण्टा भित्रमा नयाँ फोन लिएर निस्कन सकिने खालको छिटो सुविधा लिएर आएका छौं ।’ उनले भने ‘नेपालको २० भन्दा बढि सहरहरुमा २ सयभन्दा बढिको सहकार्यमा यो सुविधा उपलब्ध गराईसकेका छौं । आफ्नै गाउँ ठाउँमा सुविधा लिन सक्नेछन् ।’

सामसङले ४० प्रतिशत डाउन पेमेन्टमा शुन्य व्याजदर र बिना सेवा शुल्क सहजै २५ हजारभन्दा माथिको फोन किन्न सकिने सेवा दिएको हो । हुलास फाईनान्सको सहयोगमा उपलब्ध हुन लागेको यो सेवा लिन ग्राहकले क्रेडिट कार्ड समेत लिन नपर्ने बताइएको छ ।

 

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...