IME Life
NIMB

ह्वावे एमएनसी २०२३ मा सहभागीहरूबाट नवीनतम टेकको प्रशंसा

NIMB
Himalayan Bank

 

काठमाडौं । दुई दिने ह्वावे मोबाइल नेपाल कंग्रेस ९एमएनसी २०२३० ले इको(सिस्टम साझेदारहरूको संलग्नता र सबै सहभागीहरूबाट प्रशंसा बटुलेर उत्कृष्ट सफलता हासिल गरेको छ ।

ह्वावेले जुन २३ मा सोल्टी होटल काठमाडौंमा आईसीटी फाउन्डेसन अफ नेपालसँग ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ संयुक्त रूपमा आयोजना गरिएको थियो ।

समानान्तर कार्यक्रममा, ह्वावे मोबाइल नेपाल कंग्रेस, ह्वावे फाइभजी परिदृश्य, ह्वावे क्लाउड सोलुसन्स, ग्रीन डाटा सेन्टर, स्मार्ट अफिस टेक्नोलोजी हरू प्रदर्शन गरेको थियो ।

स्मार्ट सिटी कन्सेप्ट, स्मार्ट ग्रिड क्याम्पस, आदि यी दुई दिनमा नेपालका प्रधानमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री, सीईओ र दूरसञ्चार कम्पनीका नेताहरूले ह्वावे एमएनसीको अवलोकन गरेका थिए र ह्वावेले डिजिटल नेपाल सक्षम बनाउनका उपाय र प्रयासहरूको प्रशंसा गरेका थिए ।

विभिन्न देशका आईसीटी विज्ञ सहित ७० भन्दा बढी स्रोत व्यक्तिहरुको सहभागिता रहेको थियो भने ६ वटा विषयमा १५ सत्रहरु सञ्चालन गरिएको थियो । सम्मेलनमा दक्षिण कोरिया, सिंगापुर, भारत र बंगलादेशका विषय विज्ञहरुको सहभागिता रहेको थियो ।

डिजिटल नेपाल कन्क्लेभको दोस्रो दिन तीनवटा विषय वस्तुमा छ वटा फरक–फरक छलफल सत्र सम्पन्न भएको छ ।

‘बिल्डिङ फाउण्डेशनल टेक स्ट्याक एण्ड डिजिटल क्यापेबिलिटी’ शीर्षकको प्यानल छलफलमा ह्वावे एसिया प्यासिफिक रिजनका प्रमुख मार्केटिङ अफिसर श्री छु सु ले नेपालको डिजिटल क्षमता निर्माणका लागि फाइभजी र आइओटीमा अन्तर्राष्ट्रिय अनुभव प्रस्तुत गरेका थिए।

ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत जिम ह्वाङले कार्यक्रममा आफ्नो समापन मन्तव्य राखेका थिए । उनले भने, “डिजिटल ट्रान्सफर्मेसन आर्थिक वृद्धिको मुख्य इन्जिन हो । त्यसैले डिजिटल ट्रान्सफर्मेसनमा जानु स्पष्ट रूपमा सही विकल्प हो ।

ह्वावे डिजिटल नेपालको एक सक्षमकर्ता हुन पाउँदा र ह्वावे मोबाइल नेपाल कंग्रेस मार्फत उद्योगका लागि नयाँ समाधान र आइडिया ल्याउन पाउँदा हामी खुसी छौं “। दुई दिनको कार्यक्रममा, डिजिटल नेपाल कन्क्लेभ र मोबाइल नेपाल कंग्रेसमा सामेल भएकाहरूको यस प्रति धेरै नै चासो रहेको थियो, जुन नेपालको विकासका लागि निकै लाभदायी हुनेछ ।

एमएनसीले विश्वव्यापी आविष्कार र समाधानहरूको प्रदर्शन र डिजिटल नेपालतर्फको यात्रालाई तीव्रता दिनको लागि देशमा तिनीहरूको सान्दर्भिकता र व्यावसायिक व्यवहार्यतामा छलफल गर्न प्रेरित गरेको छ । ह्वावेले गिगाभर्स पहल, अल्ट्रा(अटोमेसन स्पीड अप, इन्टेलिजेन्ट कम्प्युटिङ र सेवाको रूपमा नेटवर्क, मागमा फरक अपेक्षा र वातावरणीय, सामाजिक र सुशासनका लागि गाइड सेट गरेको छ ।

‘डिजिटल्ली सक्षम, सबल नेपाल’ भन्ने नारामा आयोजना भएको कन्क्लेभले डिजिटल रुपान्तरण र त्यसका आवश्यक नीति तथा कार्यान्वयनका लागि नेपालको क्षमता बढाउन जोड दिएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको...

वि.सं.२०८३ साउन १८ सोमवार २३:५४

  काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका...

सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई...

वि.सं.२०८३ साउन १८ सोमवार २२:२५

  काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१४

  काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१०

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका...