IME Life
NIMB

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट

NIMB
Himalayan Bank

 

काठमाडौं । काठमाडौ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि २५ अर्व ५४ करोड भन्दा बढीको बजेट ल्याएको छ ।

आइतवार उपमेयर सुनिता डंगोलले, नगरसभामा आर्थिक वर्ष २०८० ÷८१ का २५ अर्व ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

महानगर गौरवका योजनाअन्तर्गत १० वटा विषयगत योजना छनौट गरी ३ अर्ब ८० करोड विनियोजन गरिएको उनले बताइन् ।
महानगरले २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब छुट्याइएको छ, भने यस वर्ष सबैभन्दा बढी बजेट सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारका लागि छुट्याएको छ ।

आर्थिक वर्ष २०८०—८१ मा महानगरपालिकाको समग्र शिक्षा क्षेत्र तर्फको विभिन्न कार्यक्रम संचालन गर्न तथा नियमित क्रियाकलापको लागि १ अर्ब ३२ करोड ९ लाख ३३ हजार, स्वास्थ्य कार्यक्रम तर्फ ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै ‘धुलोरहित काठमाडौं’ योजना कार्यान्वयनका लागि १०० करोड रकम विनियोजन गरेको महानगरले पूर्वाधार क्षेत्रअन्तर्गत महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये डीपीआर भएका सडक तथा पेटी मर्मत तथा निर्माण गर्ने योजना सुनाएको छ ।
महानगरले पैदलयात्रीहरुलाई सहज आवागमन एवं सडक सुरक्षा सम्बन्धि विभिन्न कार्यक्रमहरु संचालन गर्न १० करोड रकम विनियोजन गरेको छ ।

त्यसैगरी एम्बुलेन्स सेवा प्रभावकारी बनाउन २५ करोड, महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजनासहित कुल ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार र संस्कृतिक सम्पदा एवंम पर्यटन कार्यक्रमको लागि गत आर्थिक वर्षको क्रमागत योजनासहित कुल २ अर्ब १३ करोड ७६ लाख विनियोजन गरेको छ ।

फोहोरमैला व्यवस्थापन र वातावरण क्षेत्रसँग सम्बन्धित विभागीय कार्यक्रम समेतका लागि ८७ करोड ९३ करोड, भव्यवस्थाएको वडा समितिको काम, कर्तव्य र अधिकारलाई अझ प्रभावकारी र नागरिकमैत्री हुने गरी प्रचलन गराउन केही योजना तथा कार्यक्रम वडा तहबाट नै संचालन गर्ने गरी कुल २ अर्ब ७५ करोड ५३ लाख ७४ हजार रकम विनियोजन गरेको उपमेयर ढंगोलले बताइन् ।

महानगरपालिकामा कार्यरत कर्मचारीहरुको लागि सुनौलो अवकाश योजनाका लागि आवश्यक कानून तर्जुमा गरि कार्यान्वयन गर्न १० करोड र महानगर क्षेत्रभित्रका युवा जनशक्तीलाई “श्रम बैंक’ स्वर्णिम योजनामा आबद्ध गराई सिप तथा क्षमता विकास मार्फत रोजगारीको अवसर सिर्जना गर्न १० करोड विनियोजन गरिएको छ ।

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...