CG Electronics
IME Life
NIMB

बजेटको स्रोत कम भएकाले सबैलाई समेट्न सकिन : अर्थमन्त्री महत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷०८१ को बजेटको स्रोत कम भएकोले  सबैलाई समेट् नसकेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रममा महतले बजेटमा धेरैको चाहना पु¥याउन नसकेको तर अर्थतन्त्रलाई चलायमान गर्ने गरि निष्पक्ष भएर बजेट ल्याएको बताएका छन् ।

उनले कसौँडीमा पकाएको चामल आकारको सानो बजेटको स्रोतले सबै जन्तीलाई भाग पु¥याउन नसकेको धारणा राखे । तर,उनले भएको स्रोतले जायज कुरालाई सम्बोधन गरेको दावी गरे ।

‘अहिले मैले सरकारको तर्फबाट बजेट प्रस्तुत गरेँ । अनेकौँखाले अन्योलताको बीचमा दुई महिनामा मैले बजेट ल्याउनुपर्ने स्थिति थियो । तर मैले दृढ निश्चय गरेर जे जायज छ, जे उपयुक्त छ, जसले यो अर्थतन्त्रलाई चलायमान गर्न सक्छ,त्यसलाई मध्यनजर गरेर कसैको मुख नहेरीकन कसैलाई फाइदा पु¥याउने, कसैलाई बेफाइदा पुग्ने गरी होइन, आम नागरिकलाई भलो हुने गरि अर्थतन्त्र चलायमान हुने, राजश्वलाई वैज्ञानिक ढंगबाट करको दायरामा नआएकाहरूलाई दायरामा ल्याउने गरी बजेट ल्याएको छु ।’

उनले बजेटमा कुनै पक्ष र विपक्षलाई फाइदा हुने वा नहुने गरि भन्दा पारदर्शीतालाई ध्यानमा राखेर सम्बोधन गरेको उल्लेख गरे ।

‘ मैले कसैलाई फाइदा पु¥याउने वा नपु¥याउने गरी होइन, आम नागरिकको विकास, सुशासन र पारदर्शीताको सुनिश्चितताको जुन आकंक्षा राखेका छन् त्यसलाई मध्यनजर राखेर कुनै पनि लोभ मोह नराखिकन बजेटलाई अगाडि बढाइयो ।’ मन्त्री महतले भने ।

त्यस्तै,उनले संयुक्त सरकारमा तान्ने र धकेल्ने प्रवृति रहेको भन्दै बजेटबारे सबैको चाहनालाई सानो स्रोतले पूर्ति गर्न नसक्दा असन्तुष्टि आएको स्पस्ट पारे ।

उनले भने, ‘यो संयुक्त सरकार हो, विभिन्न चाहना, मागहरु र तान्ने र धकेल्ने अवस्थामा एकातिर तान्यो अर्कोतिर खुस्किने, एउटा कसौँडीमा पाक्नसक्ने चामल छ, अब जन्ती बराबरलाई खुवाउनु परेको खण्डमा के हुन्छ ? आम्दानी र सरसामान छ कसौँडीमा पकाउने बराबरको,सबैको चाहना पूर्ति गर्न ठूलो खड्कुलोमा पकाउँदा पनि पुग्दैन त्यो अवस्थामा के हुन्छ ,सबैको भावनाको सम्बोधन गर्न सकिँदैन ।’

 

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...