CG Electronics
IME Life
NIMB

नरैनापुरमा नापी र मालपात साउन भित्रै संचालनमा आउने– मन्त्री रन्जीता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

नरैनापुर । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जीता श्रेष्ठ चौधरीले बाँकेको नरैनापुर गाउँपालिकाको गाउब्लकमा रहेका भू्मिहीनहरूलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नु भएको छ ।

 

नरैनापुर गाउँपालिकाको वडा नं ४ मा गाउब्लकमा रहेका ७७ घर परिवारलाई शुक्रबार जग्गाधनी प्रमाण पुुर्जा वितरण गरिएको नापी कार्यालय बाँकेका नापी अधिकृत मिरा न्यौपानेले जानकारी दिनु भयो ।

जग्गा धनी प्रमाण पुर्जा वितरण गर्नुहुँदै मन्त्री रन्जीताले नरैनापुरमा रहेका गाउँब्लकका थप ४ सय नागरिकहरुलाई केही महिना भित्रै जग्गा वितरण गरिसक्ने बताउनु भयो । मन्त्री रन्जीताले नापी भइसकेका गाउब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान शुरु गरिएको र यस अभियानमा भूूमि भएर पनि भूूमिविहीन बनीरहेकाहरू कोही पनि छुुट्ननहुनेमा जोड दिदै नापी हुन बाँकी गाउँब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको जानकारी गराउनु भएको थियो ।

 

उहाँले नरैनापुरमा नापी र मालपोत कार्यालय राख्ने निर्णय भई सकेको बताउदै साउन महिना भित्रै कार्यालय संचालनमा आउने जिकिर गर्नु भयो । मन्त्री रन्जीताले नरैनापुरमा इलाका प्रशासन कार्यालय अविलम्ब संचालनका लागि मन्त्री परिषदको बैठकमा प्रस्तावको रुपमा पेश गर्ने प्रतिबद्धता व्यक्र गर्नु भएको थियो ।

 

मन्त्री रन्जीताले भूूमिहीन दलित, सुकुुम्बासी र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्ने गरी काम भई रहेको बताउदै मुक्त हलीया, कमलरी, कमैयाहरुको समस्या समाधान गर्नका लागि आफू लागि परेको बताउनु भयो ।

 

मन्त्री रन्जीताले भन्नुभयो,अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनुपर्दैन । उहाँले आफ्नो कार्यकालभित्रै भूमिहीनहरूको समस्या समाधान गर्नेगरी काम गरिरहेको जानकारी दिनु भएको थियो ।

 

कार्यक्रममा नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरमा मन्त्री रन्जीतालाई माला लगाएर स्वागत गर्नुका साथै नरैनापुरमा इलाका प्रशासन, नापी, मालपोत र भन्सार कार्यालय संचालनका लागि पहल गरी दिन आग्रह गर्नु भएको थियो । उहाँले नरैनापुरको विकासका लागि समेत ध्यान दिन मन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।

 

पुर्जा वितरण कार्यक्रममा बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सूर्य ढकाल, प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, नरैनापुर १ का अध्यक्ष इसाक जोहाल, वडां. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, जिन्सी शाखा प्रमुख भरत महतो, मन्त्रालयका प्रतिनिधि, नापी कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो भने मन्त्रालयका महानिर्देशक जनक राज जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...