संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सत्याल निर्वाचित
Saturday Jul 01, 2023
वि.सं.२०८० असार १६ शनिवार २२:२७
काठमाडौं । संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् ।
समाजको आज भएको ८औं अधिवेशनमा ६३ मत ल्याएर अध्यक्षमा सत्याल निर्वाचित भएका हुन् । अध्यक्षमा सत्यालसँगै विष्णु खड्का र तुलसी सापकोटाले प्रतिष्पर्धा गरेका थिए ।
खड्काले ४४ र सापकोटाले २७ मत ल्याईन् ।अध्यक्षमा निर्वाचित सत्याल सेतोपाटीमा कार्यरत छन् । महासचिवमा भने जयसिंह महरा निर्विरोध भएका थिए । महासचिव महरा भने कान्तिपुर दैनिकमा कार्यरत छन् ।
यस्तै, उपाध्यक्षद्धयमा किरण दाहाल र सिर्जना घिमिरे निर्विरोध भएका भएका थिए भने कोषाध्यक्षमा अमुल थापा निर्विरोध निर्वाचित भए । सचिवद्धयमा सविता शर्मा (समावेशी) र गुञ्जनराज गिरी निर्वाचित भए । केन्द्रीय कार्यसमिति सदस्यहरुमा राजु थापा, कमलराज भट्ट, रोमन आचार्य र रघुनाथ बजगाईँ (खुला) तर्फ निर्वाचित भए भने समावेशीतर्फ अञ्जना लामिछाने र मिरा बस्नेत निर्वाचित भए ।
फोटोतर्फ सिला तिमिल्सिना र भिडिओेतर्फबाट विनोद कटुवाल निर्वाचित भएका हुन् ।
























