CG Electronics
IME Life
NIMB

अपांगता भएका व्यक्तिमाथिको असमानता अन्त्य हुन नसकेको गुनासो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । संघीय संसदको महिला तथा सामाजिक समितिले अपांगता भएका व्यक्तिमाथिको असमानता र विभेद अन्त्य अन्त्यको लागि सरोकारवालासंग छलफल गर्ने भएको छ । राष्ट्रिय महिला आयोगले काठमाडौंमा गरेको कार्यक्रममा समितिकी सभापति सभापति रोशन कार्कीले अपाङ्गता भएका महिलाले भोग्नुपरेको विविध प्रकारको हिंसा र विभेद अन्त्यको लागि सरोकारवालासँग बसेर समितिमा छलफल गर्ने बताउनुभएको हो ।

अपाङ्गता भएका महिलाले भोगेको समस्याबारे सम्वन्धीत संस्था, अभियन्ताको प्रस्तुतीको माध्यमबाट बुझ्ने अवसर पाएको र यस सम्वन्धमा अझै वृस्तित बहसका लागि समितिमा पनि सरोकारवालासँग बस्नका लागि समय मिलाउने प्रतिवद्धता सभापति कार्कीले बताउनुभयो ।

 

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले महिलाभित्र पनि समस्यामा पर्ने वर्ग, क्षेत्रका आधारमा भिन्दा भिन्दै प्रकृतिको हिंसा भोग्नेहरू छन् भन्दै अपाङ्गता भएका महिलाले भोगेको विभेद, समस्या निक्कै जटिल भएकोले यसको न्युनिकरणका लागि विशेष व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

 

सो अवसरमा अपाङ्गता भएका महिलाको महासङ्घका अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका महिलाले भोग्नुपर्ने समस्या र अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गता भएका महिलाले दोहोरो मात्र होइन, तेहेरो समस्या भोगेको बताउनुभयो ।

उहाँले समाजमा अपाङ्गता भएको छोरीले केही गर्न सक्दिन भन्दै घरमा थन्क्याउने, शिक्षा, तालिमको अवसरबाट बञ्चित राख्ने, अपाङ्गता भएका महिला हिडडुल गर्न नसक्ने, प्रतिकार गर्न र भन्न नसक्ने भएकाले बढि बलात्कारलगायत यौन हिंसामा पर्ने, विवाह नहुने, भइहाले पनि अन्य महिलाले झैं हक अधिकार नपाउने, यौन हिंसामा परे न्याय नपाउनेलगायतका समस्यामा परेको बताउनुभयो ।

 

उहाँले अपाङ्गता भएका छोरीलाई परिवारका सदस्यले घरमा राख्न नचाहने, कुनै संस्थाले लगेर पाल्दिए हुन्थ्यो भन्ने, सम्पतीको अधिकार नदिने यस वर्गले भौतिक संरचनाको अप्ठेरो, आर्थिक, सामाजिक विभेदका कारण निक्कै दयनीय अवस्था रहेको यसको न्युनिकरणका लागि बनेका नीति, कानुनको पूर्ण कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...