कोशी प्रदेशमा सरकार गठनका लागि दाबी गर्दै
Thursday Jul 06, 2023
वि.सं.२०८० असार २१ बिहीवार १६:०४
कोशी प्रदेशमा सरकार गठनका लागि दाबी गर्दै
काठमाडौं । सत्तारूढ गठबन्धनको बैठकले कोशी प्रदेशमा सरकार गठनका लागि सभामुखसहित ४७ सांसदको हस्ताक्षर बुझाउने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले कोशीमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखसहितको दाबी पेश गर्ने निर्णय गरेको हो ।
बैठकले मिटरब्याजीसम्बन्धी विधेयक ल्याउने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफको मौका नै नदिई राजीनामा माग्दै संसद् बैठक अवरूद्ध गर्नु संसदीय मान्यता, मूल्यविपरीत रहेको निष्कर्ष निकालेको छ ।
बुधबार संसदमा टेबल हुन नसकेपछि मिटरब्याजी सम्बन्धी अध्यादेश निष्क्रिय भएको थियो ।
























