कोशीमा मुख्यमन्त्री थापाले लिए शपथ
Friday Jul 07, 2023
वि.सं.२०८० असार २२ शुक्रवार १६:४६
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन् ।
बिहीबार मुख्यमन्त्री नियुक्त भएका उनलाई आज प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
थापासँगै नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका छन् ।
थापा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
























