CG Electronics
IME Life
NIMB

आँखुखोला जलविद्युत कम्पनीको १५० प्रतिशत हकप्रद पारित, आँखुखोला–२ जलविद्युत आयोजनमा लगानी गर्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले प्रस्ताव गरेको १५० प्रतिशत हकप्रद सेयर साधारणसभाले पारित गरेको छ । शुक्रबार अर्पण ब्यांक्वेट, नयाँ बानेश्वर काठमाडौमा सम्पन्न १५ औं साधारणसभाले १ः१।५ को अनुपात हकप्रद सेयर पारित गरेको हो ।

कम्पनीले हकप्रद सेयरबाट उठेको पुँजीले गणेश हिमाल हाइड्रोपावरले प्रवद्र्धन गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्ने छ । सो आयोजनामा कम्पनीले ६० प्रतिशत लगानी गर्ने र बाँकी रकमबाट बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानी गर्ने कम्पनीले जनएको छ ।

यस्तै, सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरि पारित गरेको छ । यस्तै, आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्त गर्नुको साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभालाई सम्बोधन गर्दै आँखुखोला जलविद्युत कम्पनीका अध्यक्ष राम श्रेष्ठले सेयरधनीहरुको हकहितको लागि आफूहरु लागि रहने बताए । सभामा २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनाको बारेमा कम्पनीका सल्लाहकार उत्सव बरालले सेयरधनीहरुलाई जानकारी दिएका थिए ।

सभामा बोल्ने सेयरधनीहरुले हकप्रद सेयरको प्रस्तावलाई स्वागत गर्दै नयाँ प्रजोक्टको लागि शुभकामना दिएका थिए । भव्य र सभ्यरुपले सम्पन्न भएको साधारणसभालाई कम्पनी सचिव शम्भु तिमल्सिनाले कार्यक्रम संचालन गरेका थिए ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...