प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई सत्तापक्षले गम्भीररुपमा लिएको छ : रमेश लेखक
Friday Jul 07, 2023
वि.सं.२०८० असार २२ शुक्रवार २३:२१
काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री कस्ले बनायो भनेर आशंका गर्नु आफ्नै देशका नागरिकमाथि अविश्वास गर्नु जस्तै भएको बताएका छन् ।
शुक्रबार सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा संसद नियमित गर्नेबारे ठोस सहमति नभएपछि सञ्चारकमींसँग प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई सत्तापक्षले पनि गम्भीर रुपमा लिएको बताए ।
उनले भने ‘ हाम्रो देशको प्रधानमन्त्री कुनै अर्को देशले बनाई दिन्छ कही अन्तको मानिसहरुले बनाईदिन्छन भन्ने यो विषयबाट नै माथि उठ्नु पर्छ । हाम्रो देशको प्रधानमन्त्री नेपाली जनताले बनाउँछन् । हामीले र यो संसदले बनाउँछ । त्यसैले यो हाम्रो देशको प्रधानमन्त्री अरु कसैले बनायो की भन्ने कुरा र आशंका गर्नु भनेको आफ्नै जनताप्रति अविश्वास गर्नु हो । त्यतातिर जानु हुन्न । हाम्रो प्रधानमन्त्री हामीले बनाएको हो । ’
उनले प्रधानमन्त्रीले बोलेको कुरा संसदमा उठेको र त्यसलाई सरकार र सत्तापक्षले गम्भिर भएर लिएको बताएका छन् ।
यसविषयमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने र त्यो समयको माग भएको पनि लेखकको भनाइ थियो ।
























