कोशी प्रदेशका सभामुखलाई प्रश्न : पदको गरिमा कोशीमा बगाउनु भएकै हो ?(अन्तरवार्ता)
Sunday Jul 09, 2023
वि.सं.२०८० असार २४ आइतवार १७:५६
कोशी प्रदेशमा सरकार गठनका क्रममा सभामुख बाबुराम गौतमसमेत गठबन्धनको लाइनमा लामवद्ध भएको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ ।
मुख्यमन्त्रीमाथि सदनको विश्वास छ कि छैन भनेर परीक्षण गर्ने तराजु लिएर बसेका सभामुख आफैंले मुख्यमन्त्री नियुक्ति–प्रस्तावमा हस्ताक्षर गर्नुलाई धेरैले अस्वाभाविक रुपमा लिएका छन् ।
सदनमा तटस्थ भूमिका निर्वाह गर्नुपर्ने सभामुखले मत विभाजनमा बराबरी हुँदा निर्णायक मत दिनु एउटा विशिष्ट परिस्थिति हो तर सरकार गठनकै क्रममा जोड घटाउ मिलाउन सभामुखकै हैसियतमा लामबद्ध भएको भन्दै उनको भूमिका प्रति धेरै प्रश्न उठेका छन् ।
सभामुख गौतमसंग नेपाल न्युज बैंक, एनएनबीले गरेको कुराकानी ।
उनलाई सुरुमा, पदको गरिमा कोशीमा बगाउनु भएको हो ? भनेर सोधिएको छ ।
























