CG Electronics
IME Life
NIMB

माछापुच्छ्रे बैंकले ल्यायो क्युआरमा भ्वाइस बक्सको सुविधा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

 

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पल्ट क्युआर प्रणालीमा भ्वाइस बक्स (इन्स्ट्यान्स पेमेन्ट नोटिफिकेसन) प्रविधि ल्याएको छ । बैंकले साउन ५ गते शुक्रबारबाट क्युआरमा भ्वाइस बक्स जडान गरि यो नविनतम प्रविधिको सुरुवात गरेको हो ।

उक्त प्रविधिको शुभारम्भ नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट भएको हो । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ ।

यससँगै अब माछापुच्छ्रे बैंकका क्युआर मर्चेन्टहरुले क्युआर मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनी मार्फत हुने जानकारी गराउँदछौं । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ क्युआर प्रति लोकप्रियता एवम् विश्वसनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।

यस सुविधाबाट हजारौ साना तथा मझौला क्युआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । सो को प्रयोगले ग्राहक र मर्चेन्टहरु बिच देखिएका केही भुक्तानी सम्बन्धी विवादनिराकरण हुने विश्वास लिएका छौं ।

हाल उक्त सेवा नेपाल पे क्युआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकले जानकारी गराएको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंक’ को रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ ।

हाल बैंकले ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...