CG Electronics
IME Life
NIMB

सुन तस्करी प्रकरणमा रविको चेतावनी : गम्भीर अनुसन्धान नभए सरकारको दिन गन्ती सुरु हुन्छ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुन तस्करी प्रकरणमा कर्मचारी सरुवा गरेर जिम्मेवार निकायका प्रमुखलाई जोगाउन खोजेको आरोप लगाएका छन् ।

बुधबारको प्रतिनिधि सभामा उनले सुन प्रकरणमा ठूलो सेटिङ भएको दाबी गर्दै प्रमाण नष्ट गर्ने प्रयास भइरहेको आशंका गरे उनले भने ‘ क्वीन्टलका क्वीन्टल सुन आउनु र त्यो विषयमा सामान्य मानीस पक्राउ पर्नु जनताले अचम्म मानेका छैनन् वर्षौैदेखी सेटिङको आधारमा हुँदै आएको छ । यो सेटिङ नेपाली जनताले थाहा पाईसके। ’

तर यस्ता घटनामा सरकारले कर्मचारीलाई कारबाही गर्ने भन्दा पनि सामान्य सरुवा मात्रै गर्ने गरेको भन्दै आपत्ति जनाए ।
‘जब यस्ता घट्नाहरु आउँछन् तब कर्मचारीहरु सरुवा हुन्छन् ।

सरकारलाई सोध्न चाहन्छु । सरुवा भनेको कारबाही हो? कारबाही गरेको हो कि सरुवा गरेर पुरस्कृत गरिएको हो । यस्तो गम्भीर विषयमा क्वीन्टलका क्वीन्टल सुन आउँने विषयमा विभिन्न निकायका प्रमुखहरुलाई तुरुन्त बर्खास्त गर्नुपर्ने हो कि केहि कर्मचारी सरुवा गरेर साटफेर गर्नुपर्ने हो ?’ उनले भने ‘कयौँ सूचना यस्ता ठाउँमा छन् ।

समय पाईसकेपछि डामेर छोडेपछि सूचना लुकाउँने प्रशस्त समय मिल्यो अनुसन्धानलाई प्रभावित पार्ने । फोन र्पmम्याट गर्ने समय मिल्यो । कतिलाई टेलिभिजनमा गएर तामा तुलसी खाएर बाँचा कसम खाने समय मिल्यो ।

यस्तो गम्भीर विषयमा हल्का रुपमा लिन मिल्छ ? यो ठूलो सेटिङ हो जुन पहिला देखी चल्दै आएको छ । सरकारले सदनलाई जवाफ दिनुपर्छ । कर्मचारी सरुवा गरेर टार्न मिल्दैन् । ’

उनले संसदमा प्रस्तुत गरिएको जरुरी महत्वको प्रस्तावमाथिको छलफल र त्यसप्रति सरकारको गम्भीरता हेरेर आफ्नो पार्टीले थप रणनीति बनाउने बताए । सरकार गम्भीर ढंगले प्रस्तुत नभए सरकारको दिन गन्ती सुरु हुने चेतावनी समेत दिएका छन् ।
उनले भने ‘कुनै पनि विषयलाई गिजोल्ने मात्र होईन त्यसको अन्त्य र जरासम्म पुग्ने साहस लिएको भए ठिक छ ।

नत्र केही कर्मचारीहरु थुनेर सरुवा गरेर फाईल खोले झै गर्ने यतिवटा फाइल खोल्यौ भन्ने मात्र गरी फाईल खोल्न थाल्यो भने सरकारको दिन गन्ति सुरु हुन्छ ।’

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...